अरुण नदीमा जीप खस्दा ६ जना बेपत्ता, खोजी जारी « Khabarhub

अरुण नदीमा जीप खस्दा ६ जना बेपत्ता, खोजी जारी


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको खाँदबारीबाट बिरामी लिएर धरान जाँदै गरेकोे बोलेरो अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

धर्मदेवी नगरपालिकाको अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको बोलेरो जीप गएराति अरुण नदीमा खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जीपका चालक सन्तोष विकसहित खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको समिर श्रेष्ठ, उनका बुबाआमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि उनलाई बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा जीप अक्करको भीरबाट अरुण नदीमा खसेको हो । दुर्घटनामा बेपत्ताहरुको खाजी जारी रहेको प्रहरीले जनाएको छ ।

लगातार परिरहेको पानीका कारण अरुण नदीको बहाब पनि बढ्दै गएको र खोजीमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : ५९ बजे

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले