मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान « Khabarhub

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार राखिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको छ।

बुद्धनगरस्थित अनलाइनखबर, हिमालय टेलिभिजन र थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि निजी नम्बर प्लेटका कार पार्क गरिएका हुन्।

अनलाइनखबर अगाडि अज्ञात व्यक्तिले कार्यालयको मूल गेटमा कार पार्क गरी छाडेपछि कर्मचारीले अन्य सवारीसाधन कार्यालयभित्र प्रवेश गराउन सकेका छैनन्।

कार पार्क गर्ने व्यक्तिको पनि हालसम्म पहिचान हुन सकेको छैन।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली सम्बन्धित स्थानमा पुगेको छ। सबै गाडी हटाउने र घटनाको कारणबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १२ : ४० बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र