हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा | Khabarhub Khabarhub

हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा औलोको उच्च जोखिममा रहेको छ । विकाससँगै तापक्रम बढ्दै गएका कारणले हुम्ला जिल्लामा औलोको उच्च जोखिममा रहेको हो । 

कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला औलो रोगको उच्च जोखिममा रहेको त्यसपछिका जिल्लामा कालिकोट, दैलेख र सुर्खेत रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्याम लाल आचार्यले बताए ।

‘हुम्लामा भेटिएका दुई जना औलो रोगका बिरामीमध्ये एउटा स्थानीयस्तरमा रोग लागेको भेटिएको हो,’ उनले भने,‘चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा भेटिएका औलोका ३८ बिरामीमध्ये हुम्लामा भेटिएका एक जना बिरामी बाहेक अरु आयातित बिरामी हुन् ।’

चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा सुर्खेतमा २९, दैलेखमा ४, कालिकोटमा ३ र हुम्लामा २ जना औलो रोगका बिरामी फेला परेको आचार्यले जानकारी दिए । 

‘३७ जना आयातित औलो रोगमा बिरामी भेटिएका छन्,’ उनले भने,‘एक जनामा स्थानीय औलोका बिरामी भेटिएका हुन् ।’

कर्णालीका चार जिल्लामा भेटिएका औलो रोगका बिरामीमध्ये हुम्लाको ताजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका, सुर्खेत जिल्लाका बराहताल गाउँपालिका वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका गुर्भाकोट नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलो रोगका बिरामी रहेको आचार्यले बताए । 

त्यस्तै, कर्णालीका ७९ स्थानीय तहका सात सय १८ वडामध्ये तीन वडा औलो रोगको उच्च जोखिम रहेको, सात वटा वडा मध्यम जोखिम रहेको, चार सय १० वटा वडा निम्न जोखिम रहेको र दुई सय ९८ वडामा जोखिम नरहेको आचार्यले जानकारी दिए । 

उच्च जोखिममा रहेको वडामध्ये हुम्ला ताजाँकोट गाउँपालिका वडा नं २, ३ र ४ रहेको छन् । न्यून जोखिममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. २, गुर्भाकोट नगरपालिका वडा नं. ८, मुगु खत्याड गाउँपालिका वडा नंं. ८, सोरु गाउँपालिका वडा नंं. ४, ५, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं.३ र ताजाँकोट गाउँपालिका वडा नंं ५ रहेको आचार्यले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : १८ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य