म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम | Khabarhub Khabarhub

म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका-१ रत्नेचौर र वडा नं ५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ।

समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइन्।

“महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ,” उनले भनिन्, “आर्थिक वर्ष २०७९/०८० देखि सुरु भएको चालु आर्थिक वर्षमा रु २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा नं १ र ५ मा लागू भएको छ।”

महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताइन। नगर उपप्रमुख लामिछानेको प्रस्तावमा तीन वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख डमसरा पुनले पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउ खेती, १३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाई कटाई तालिम प्रदान गरिएको जानकारी दिइन्।

च्याउ खेती र धुप बनाउने समूहलाई दुई/दुई दिन तालिम, विउ, एक/एक वटा टनेल सहयोग गरिएको छ। तीन महिने सिलाई कटाई तालिममा सहभागीलाई उपकरण पनि सहयोग गरिएको छ। रत्नेचौरमा २० जनालाई बाँसबाट सजावटका सामग्री बनाउने तालिम सुरु भएको छ।

दुई वटा समूहलाई च्याउ खेतीसम्बन्धी तालिम र प्रविधि सहयोग गरिने नगरपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा बेनी नगरपालिका-३ भकिम्लीमा कुखुरापालन र वडा नं ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो।

गत २०८०-८१ मा बेनी नगरपालिका-१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाले ब्यवसायिक रूपमा बाजा बजाउन र वडा नं २ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन्।

पुलाचौर आमा समूहका सचिव हिरा जिसी बानियाले बजारमा खपत हुने, बनाउन सजिलो, छिटो आम्दानी हुने भएकाले च्याउ खेती र धुप बनाउने सिप सिकेको बताइन।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : २२ बजे

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ : देउवा

भक्तपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई

नेपालको पाँचौ विकेट पतन, भीम सार्की पनि आउट

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

स्कटल्याण्डविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा