चार महिनादेखि बसेन काठमाडौंको कार्यपालिका, सुनिताले भनिन्- एजेन्डाको थुप्रो लाग्यो, मेयरसँग भेट हुन सकेन « Khabarhub

चार महिनादेखि बसेन काठमाडौंको कार्यपालिका, सुनिताले भनिन्- एजेन्डाको थुप्रो लाग्यो, मेयरसँग भेट हुन सकेन


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक चार महिनादेखि बस्न सकेको छैन । गत पुस ८ गते पछिल्लो पटक बसेयता कार्यपालिका बैठक हुन नसकेको हो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यपालिका बैठक नबस्दा एजेन्डाको चाङ लागेको बताइन् । पछिल्लो समय मेयर बालेन्द्र साहसँग उपमेयर डंगोल, वडाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच मतभेद बढिरहेको छ । यसका कारण कार्यपालिका बस्न सकेको छैन ।

मेयर साहसँग उपमेयर, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको संवादहीन अवस्थाले हरेक महिना बस्नुपर्ने कार्यपालिका बैठक बस्न नसकेको हो । गत पुस ८ गतेयता काठमाडौंको कार्यपालिका बैठक बस्न सकेको छैन ।

‘चार महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन, कसको कारण हामीले भनिरहनु परेन’, उनले भनिन्, ‘जुन दिन मेयरले महानगरपालिकामा मिटिङ बसौँ भन्नु हुन्छ, बस्छ । हामीले नहुने काम गर्नु हुँदैन ।’ उपमेयर डंगोलले मेयर साहसँगको सम्बन्धबारे अनेक अड्कलबाजी हुने गरेको बताइन् ।

‘सम्बन्ध हिजो जस्तो छ, आज पनि त्यस्तै छ’, उनले भनिन्, ‘अहिले प्रमुखलाई भेट्ने प्रयास गरिरहेको छु, भेटेपछि कुरा गर्छु ।’ उपमेयर डंगोल गत शनिबार बेल्जियमबाट फर्किएकी हुन् । त्यसयता उनी र मेयरबीच भेट हुन सकेको छैन । ‘एजेन्डा नभए शुभकामना दिन पनि कार्यपालिका बैठक बस्नुपर्छ’, उनले भनिन्, ‘अहिले त एजेन्डाको चाङ लागेको छ, अब त कार्यपालिका बस्नै पर्छ । म विदेशबाट गत शनिबार फर्केदेखि मेयरसँग भेट भएको छैन चार महिनादेखि बस्न सकेको छैन ।’ उनले जनताका धेरै प्रश्नको उत्तर कार्यपालिकाले दिनुपर्ने बताइन् ।

‘मैले जनतासँग भेटेर गुनासो सुनिनै रहेको छु’, उनले भनिन्, ‘ अनुगमन भइरहेको छ। अनुगमन तीव्र बनाउन काम गरेका छौँ , मलाई नै महानगरका धेरै कुरा जानकारी हुँदैन । मेयरसँग भेटेपछि धेरै कुरा हुनेछ ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ११ : ११ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते