रास्वपाको कामना- ओली सरकार अहिले नढलोस्, अझै कतिसम्म गिर्छ, हेर्न बाँकी छ « Khabarhub

रास्वपाको कामना- ओली सरकार अहिले नढलोस्, अझै कतिसम्म गिर्छ, हेर्न बाँकी छ


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार अझै धेरै गिरेको देख्न बाँकी रहेकाले अहिले ढल्न नहुने बताएका हुन् ।

‘गठबन्धन सरकार ढल्नु हुँदैन । गठबन्धनले यसरी नै काम गरिरहनुपर्छ भन्ने हाम्रो कामना छ । अझै धेरै हामीले देख्न बाँकी छ, हामी हेर्न चाहन्छौँ, अझैँ धेरै गिर्न बाँकी छ’, उनले भने, ‘हामी देख्न चाहन्छौँ, त्यसैले गर्दा पनि यो गठबन्धन टिकिरहोस्, नढलोस् ।’

वर्तमान सरकार बन्नुको उद्देश्य अहिलेसम्म आइसक्दा पुष्टि भइसकेको उनले बताएका छन् ।

कुलमान घिसिङजस्ता काविल प्रशासक हटाउन, संसद्को चौथो ठूलो दलका नेतालाई सहकारी मुद्दामा फसाएर अरू सहकारी ठगी प्रकरण सामसुम पार्न, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रि साहजस्ता युवाको उछितो काढ्न यो सरकार बनेको पुष्टि भइसकेको उनले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : २२ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल