रास्वपाको कामना- ओली सरकार अहिले नढलोस्, अझै कतिसम्म गिर्छ, हेर्न बाँकी छ « Khabarhub

रास्वपाको कामना- ओली सरकार अहिले नढलोस्, अझै कतिसम्म गिर्छ, हेर्न बाँकी छ


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार अझै धेरै गिरेको देख्न बाँकी रहेकाले अहिले ढल्न नहुने बताएका हुन् ।

‘गठबन्धन सरकार ढल्नु हुँदैन । गठबन्धनले यसरी नै काम गरिरहनुपर्छ भन्ने हाम्रो कामना छ । अझै धेरै हामीले देख्न बाँकी छ, हामी हेर्न चाहन्छौँ, अझैँ धेरै गिर्न बाँकी छ’, उनले भने, ‘हामी देख्न चाहन्छौँ, त्यसैले गर्दा पनि यो गठबन्धन टिकिरहोस्, नढलोस् ।’

वर्तमान सरकार बन्नुको उद्देश्य अहिलेसम्म आइसक्दा पुष्टि भइसकेको उनले बताएका छन् ।

कुलमान घिसिङजस्ता काविल प्रशासक हटाउन, संसद्को चौथो ठूलो दलका नेतालाई सहकारी मुद्दामा फसाएर अरू सहकारी ठगी प्रकरण सामसुम पार्न, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रि साहजस्ता युवाको उछितो काढ्न यो सरकार बनेको पुष्टि भइसकेको उनले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : २२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा