तितेकरेलामा भेटियो अत्यधिक मात्रामा विषादी  « Khabarhub

तितेकरेलामा भेटियो अत्यधिक मात्रामा विषादी 


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिएको तितेकरेलामा अत्यधिक मात्रामा विषादी भेटिएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार चितवनबाट बिक्रीका लागि ल्याइएको करेलामा ७५ प्रतिशत मात्रामा अगार्नोफस्फेट नामक विषादी भेटिएको हो । 

आइतबार कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएका १७ वटा तरकारीको विषादी परीक्षण गरिएकोमा तितेकरेलामा उक्त विषादीको मात्रा बढी भएको पाइएको समितिले जनाएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । 

सरकारले ३५ प्रतिशतभन्दा कम विषादी भएको तरकारीलाई उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशतसम्मको विषादी पाइएमा केही दिन भण्डारण गरेपछि मात्र उपभोग गर्न सकिने मापदण्ड तोकिएको छ। तर, ४५ प्रतिशतभन्दा बढी विषादी रहेको तरकारी उपभोगका लागि अयोग्य मानिन्छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : १४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा