प्रहरीसँग झडप भएपछि शिक्षक महासंघले बोलायो आकस्मिक बैठक « Khabarhub

प्रहरीसँग झडप भएपछि शिक्षक महासंघले बोलायो आकस्मिक बैठक


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । 

विगत चैत २० देखी जारी रहेको शान्तिपूर्ण काठमाडौं केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भएपछि महासंघले आकस्मिक बैठक बोलाएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

निषेधित क्षेत्र तोड्न खोजे पछि आज पहिलो पटक शिक्षक र प्रहरी बिच नयाँ बानेश्वरमा झडप भएको हो । सो क्रममा प्रहरीले शिक्षकहरू माथि पानीको फोहोरा प्रहार गरे पछि प्रदर्शनले उग्र रूप लिएको हो ।

सो क्रममा प्रहरीले अहिलेसम्म एक जना शिक्षकलाई पक्राउ गरेको जानकारी दिएको छ भने दर्जनौँ शिक्षक घाइते भएका छन् ।   

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ३ : ०२ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा