कैलालीमा सरकारी वकिलको कार्यालयबाट महिला हतकडीसहित फरार | Khabarhub Khabarhub

कैलालीमा सरकारी वकिलको कार्यालयबाट महिला हतकडीसहित फरार


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी– जिल्ला सरकारी वकिलको कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएको थियो ।

महिला दिउँसो सवा २ बजे नै हतकडीसहित भागेको भए पनि दुई बजेर ४० मिनेटमा मात्र सम्बन्धित टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो ।

दमाईको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ५९ बजे

 बसको ठक्करबाट एकको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुवाहकको

यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा

अदानचुली– हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि

भ्यूज भएन, ४ तरिकाले युट्युबबाट कमाउनुहोस् पैसा

काठमाडौं– अब युट्युब भिडियो प्लेटफर्म मात्र नभएर आम्दानीको ठूलो स्रोत

राप्ती नदीमा गोहीको अण्डा सङ्कलन सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन विस्तार

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि