संवैधानिक परिषद् विधेयक राष्ट्रियसभामा « Khabarhub

संवैधानिक परिषद् विधेयक राष्ट्रियसभामा


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबल गरेका हुन् । 

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्रको बेहोरा वाचन गरेर सभासमक्ष जानकारी गराएका थिए  । त्यसै गरी अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा समेत जानकारी गराएका थिए । 

आजको बैठकमा संविधानसभा सदस्य एवं प्रतिनिधिसभाका पूर्व सदस्य तीर्थराम डंगोल र प्रतिनिधिसभाका पूर्वसदस्य कमल कोइरालाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । 

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पेस गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो । उनीहरूको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो । 

त्यसै गरी आजको सभाको बैठकमा पर्यटन विधेयक, २०८१ पेस गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सो विधेयक सभा समक्ष पेस गरेका हुन् । 

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख १९ गते शुक्रबार अपराह्न १ बजे र १५ मिनेटमा बस्नेछ । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ३४ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल