बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी : मुख्यमन्त्री आचार्य | Khabarhub Khabarhub

बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी : मुख्यमन्त्री आचार्य


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

नेपाल राष्ट्र बैङ्कको ७०औँ वार्षिकोत्सव समारोहको भैरहवा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बैङ्क तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका हुन् । 

बैङ्क तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन जोड दिए । ‘सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढङ्गले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने, ‘आवश्यकताको आधारमा रकम खर्च भएको छ कि, त्यसै खर्च भएको छ भन्ने विषयमा राष्ट्र बैङ्कले समीक्षा गर्न जरुरी छ ।’

प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ । 

राष्ट्र बैङ्क बैङ्कको बैङ्क भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीको समाधानका लागि राष्ट्र बैङ्क चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले राष्ट्र बैङ्कको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि बताए  । कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थामा आबद्ध पदाधिकारी, जनप्रतिनिधि लगायत सम्बद्ध पक्षको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ४१ बजे

बाबुरामले दिल्लीमा भेटे भारतीय रक्षामन्त्री सिंहलाई

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतका रक्षामन्त्री राजनाथ सिंहलाई सोमबार

काठमाडौं महानगरमा कुकुर बिरालो अनिवार्य दर्ता गर्नुपर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले कुकुर बिरालो दर्ता अभियान सुरु गरेको छ

भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु

नयाँ दिल्ली – भारतको मध्य प्रदेश राज्यको मन्दसौर क्षेत्रमा आइतबार

शिक्षकमाथि दमन प्रकरण पुग्यो संसद्‍मा, विपक्षीले घेरे सरकारलाई

काठमाडौं- आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध जनाएका

शिक्षक महासंघका अध्यक्ष भन्छन्- ‘भिजिलान्ते’ खटाएर सरकार दमनमा उत्रियो, ऐन नआएसम्म मैदान छाड्दैनौँ

काठमाडौं- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन