चट्याङ लागेर कास्कीको अन्नपूर्णमा दुई जनाको मृत्यु « Khabarhub

चट्याङ लागेर कास्कीको अन्नपूर्णमा दुई जनाको मृत्यु


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृतकहरू संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविर राई र १८ वर्षीय महेश राई हुन् ।

कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो करिब १ बजेको समयमा परेको चट्याङले उनीहरूको ज्यान गएको हो ।

उनीहरू करिब ३८ सय मिटर उचाइमा पदमार्ग (बाटो) बनाउने काम गरिरहेका थिए। सो स्थानमा आइतबारबाटै पदमार्ग विस्तारको काम सुरु भएको थियो, जसमा ९ जना मजदुर खटिएका थिए । अन्य ७ जना भने सकुशल रहेका छन् ।

मृतकहरूको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको डिएसपी शर्माले बताए ।

पानीसँगै परेको हिउँका कारण शव हिउँले पुरिएको अवस्थामा फेला परेको जनाइएको छ । घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकदेखि झन्डै चार घण्टा पैदल दूरीमा पर्छ ।

उक्त स्थानमा नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा पदमार्ग विस्तारको काम भइरहेको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : १६ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर