मौरी पालेर वार्षिक आठ लाख बढी आम्दानी « Khabarhub

मौरी पालेर वार्षिक आठ लाख बढी आम्दानी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुनसरी – इटहरी उपमहानगरपालिका-४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक आठ लाख बढी आम्दानी गरिरहेका छन्।

मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ। आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् भट्टराई। “बुवाकै सल्लाहमा वि.सं २०७२ मा मौरीपालन सुरु गरको हुँ”, उनले भने। हाल ६२ घार मौरी उनले पालेका छन्। वार्षिक नौदेखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट आठ लाख बढी आम्दानी गरिरहेको उनले सुनाए।

सुरुमा मह उत्पादन भएपनि बजारको समस्या थियो। अहिले त्यो समस्या समाधान भएको छ। उत्पादित मह बिक्री हुने गरेको छ। मौरीलाई दैनिक स्याहार्नु पर्दैन। चार/पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुने उनको भनाइ छ।

भट्टराईले युरोपेली मेलिफेरा जातको मौरीपालन गरिरहेका छन्। यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ। घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा ठाउँमा राख्नुपर्छ। मौरीलाई फूल फुल्ने बोटबिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ। त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ।

भट्टराईको फार्ममा उत्पादित मह स्थानीय बजारका साथै विराटनगर, दमक र काठमाडौंसम्म बिक्री हुने गर्छ। “अनलाइन अर्डर हुँदा कुरियर गरेर पठाउने गरेको छु”, भट्टराईले भने, “महको मूल्य गुणस्तर, स्वाद साथै खर्च हेरेर निर्धारण गरिन्छ,। मैले धेरै जसो तोरी बारीमा, आँप, लिची, सूर्यमुखी फूललगायत बगानमा सिजनअनुसार मौरी चराउन लाने गरेको छु। अहिले प्रतिकेजी रु एक हजारमा मह बिक्री गर्दै आएको छु। महसँगै रु १० हजारका दरले मौरीसहितको घारसमेत बिक्री गर्दै आएको छु।”

इटहरी उपमहानगरपालिकाले वर्षमा केही उपकरण र घार अनुदान दिएको छ। यसलाई अझ व्यवस्थित गर्न बजारको अध्ययनसँगै आधुनिक प्रविधिको घार, मौरीपालन सीपका लागि सरकारबाट सहयोग भएमा आम्दानीको राम्रो सम्भावना रहेको उनको भनाइ छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : २४ बजे

कञ्चनपुरको स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण

कञ्चनपुर– जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी

गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकी– मतदानको दिन आउन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी– आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

तनहुँ– तनहुँको दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ