मौरी पालेर वार्षिक आठ लाख बढी आम्दानी | Khabarhub Khabarhub

मौरी पालेर वार्षिक आठ लाख बढी आम्दानी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुनसरी – इटहरी उपमहानगरपालिका-४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक आठ लाख बढी आम्दानी गरिरहेका छन्।

मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ। आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् भट्टराई। “बुवाकै सल्लाहमा वि.सं २०७२ मा मौरीपालन सुरु गरको हुँ”, उनले भने। हाल ६२ घार मौरी उनले पालेका छन्। वार्षिक नौदेखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट आठ लाख बढी आम्दानी गरिरहेको उनले सुनाए।

सुरुमा मह उत्पादन भएपनि बजारको समस्या थियो। अहिले त्यो समस्या समाधान भएको छ। उत्पादित मह बिक्री हुने गरेको छ। मौरीलाई दैनिक स्याहार्नु पर्दैन। चार/पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुने उनको भनाइ छ।

भट्टराईले युरोपेली मेलिफेरा जातको मौरीपालन गरिरहेका छन्। यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ। घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा ठाउँमा राख्नुपर्छ। मौरीलाई फूल फुल्ने बोटबिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ। त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ।

भट्टराईको फार्ममा उत्पादित मह स्थानीय बजारका साथै विराटनगर, दमक र काठमाडौंसम्म बिक्री हुने गर्छ। “अनलाइन अर्डर हुँदा कुरियर गरेर पठाउने गरेको छु”, भट्टराईले भने, “महको मूल्य गुणस्तर, स्वाद साथै खर्च हेरेर निर्धारण गरिन्छ,। मैले धेरै जसो तोरी बारीमा, आँप, लिची, सूर्यमुखी फूललगायत बगानमा सिजनअनुसार मौरी चराउन लाने गरेको छु। अहिले प्रतिकेजी रु एक हजारमा मह बिक्री गर्दै आएको छु। महसँगै रु १० हजारका दरले मौरीसहितको घारसमेत बिक्री गर्दै आएको छु।”

इटहरी उपमहानगरपालिकाले वर्षमा केही उपकरण र घार अनुदान दिएको छ। यसलाई अझ व्यवस्थित गर्न बजारको अध्ययनसँगै आधुनिक प्रविधिको घार, मौरीपालन सीपका लागि सरकारबाट सहयोग भएमा आम्दानीको राम्रो सम्भावना रहेको उनको भनाइ छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : २४ बजे

अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ

काठमाडौं– अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१

यसरी गरियो रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

ललितपुर- रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । यससँगै यही

एचआइभी सङ्क्रमितको गुनासो : औषधि अभाव र उपचारमा समस्या

महेन्द्रनगर– एचआइभी सङ्क्रमितले औषधि अभाव र उपचारमा समस्या हुने गरेको

अर्थसंक्षेप : १४ अंकले घट्यो नेप्से, यारी नाका भन्सार कार्यालय सञ्चालनमा

१४ अंकले घट्यो नेप्से, कारोबार कति ? सोमबार नेपाल स्टक

कमल थापाको दाबी- हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा बोल्न नदिन कानुन संशोधन हुँदैछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सरकारले