आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली « Khabarhub

आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ। महाशाखाका अनुसार कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने कोशी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ०८ बजे

स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?

काठमाडौं– स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर– जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा