शिक्षक अन्तिम लडाइँमा छौँ : अध्यक्ष सुवेदी « Khabarhub

शिक्षक अन्तिम लडाइँमा छौँ : अध्यक्ष सुवेदी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक अन्तिम लडाइँमा पुगेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हामी अन्तिम लडाइँमा छौँ। यसमा सबैको सक्रिय सहभागिता अनिवार्य छ।’

उनले गाउँगाउँबाट शिक्षकलाई काठमाडौं छिटो आउनसमेत अनुरोध गरेका छन्। ‘काठमाडौं आउन बाँकी रहनु भएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीको रगत बगीसक्दा पनि अझै तपाईंहरु घरमै बसिरहन कसरी सक्नु भएको छ ? के आन्दोलनकारी साथीको पीडाले तपाईंलाई घोच्दैन ? आफ्नो कर्तव्य बोध हुँदैन ? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला,’ उनले भनेका छन्।

आइतबारको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाउँदै अध्यक्ष सुवेदीले सरकारको हस्तक्षेपबाट घाइते भएका सबै शिक्षकको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

‘वैशाख १४ गते भएको प्रदर्शनमा सरकारबाट शिक्षक–कर्मचारी माथि भएको अमानवीय आक्रमण र ज्यादतीको घोर भर्सत्ना गर्दछौं। त्यस आक्रमणमा परी घाइते हुनु भएका सबै साथीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, अध्यक्ष सुवेदीले भने, ‘हाम्रो आन्दोलन जारी छ। हिजो जस्तै ठिक ११ बजे माइतीघर मण्डलामा आउनुहुन सबै साथीमा अनुरोध छ।’

शिक्षक आन्दोलन २६ दिनदेखि लगातार जारी छ। शिक्षा ऐन जारी हुनुपर्नेमागसहित सुरु भएको आन्दोलनको भीडले आइतबार निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरासहित बल प्रयोग गर्दा केही शिक्षक, प्रहरी र पत्रकार घाइते भएका छन्।

यो पनि पढ्नुहोस्
प्रहरीसँगको झडपमा ५० बढी शिक्षक घाइते, पत्रकार कार्कीको आँखामा चोट

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ९ : १३ बजे

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित, कुशल भुर्तेलको शानदार शतक

काठमाडौं- कुशल भुर्तेलले शानदार शतक प्रहार गरेसँगै नेपालले अमेरिकालाई नौ

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

जनकपुरधाम– मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी-एड्स सङ्क्रमित बिरामीको

पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द

एजेन्सी– अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि

‘इजरायल–लेबनानबीच ४५ दिन युद्धविराम विस्तारमा सहमति’ 

एजेन्सी– लेबनानमा जारी इजरायली आक्रमणका बीच इजरायल र लेबनान आगामी