शिक्षकको आन्दोलनमा पुगेका माधव नेपालसहित नेताविरुद्ध उल्टै नाराबाजी | Khabarhub Khabarhub

शिक्षकको आन्दोलनमा पुगेका माधव नेपालसहित नेताविरुद्ध उल्टै नाराबाजी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विगत २७ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सोमबार केही राजनीतिक अनुहार पनि देखिए ।

शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन सोमबार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू बिजुली बजार पुगेका थिए ।

उनीहरूले शिक्षक आन्दोलनलाई समर्थन गर्न खोज्दा उल्टै नाराबाजी खेप्नुपरेको छ। बिजुली बजारमा नेताहरूको लर्कोसहित पुगेका नेपालसहितले शिक्षकहरूको नाराबाजी खेप्नु परेको हो।

अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू बिजुली बजार पुगेर महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसँग फोटो/भिडियो पनि खिचाए ।

तर त्यसपछि करिब एक महिना लामो आन्दोलनका कारण तनावमा रहेका शिक्षकहरूले उनीहरूविरुद्ध खबरदारीसहित नाराबाजी गरे । शिक्षकहरूले नाराबाजी गर्न थालेपछि सबै नेताहरू केही मिनेटमै त्यहाँबाट बाहिरिए । उनीहरूलाई सुरक्षाकर्मीले एस्कर्टिङ गरेर निकाले ।

शिक्षकहरूले बिजुलीबजारबाट एनसेलको पुरानो कार्यालय क्षेत्रमा उनीहरू र सरकारविरुद्ध नाराबाजी गरे ।

शिक्षकहरूले नाराबाजीका क्रममा ‘कोही नेता आउनुपर्दैन’, शिक्षा ऐन जारी गर, सरकारको दमन बन्द गर जस्ता नारा लगाए।

शिक्षकहरूले आन्दोलनमा आउनुभन्दा संसद्‍मा प्रभावकारी भूमिका खेलेर सरकारलाई दबाब बढाउन पनि उनीहरूलाई भनेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ५९ बजे

वायुसेवा निगमको सुदृढीकरण अपरिहार्य : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई

उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकद्वारा हातमा कालोपट्टि बाँधेर सेवा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलामा विरोध जनाउँदै देशभरका सम्पूर्ण चिकित्सक तथा

नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल

काठमाडौं– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१  का सम्बन्धमा प्रतिनिधिसभाबाट

सामाजिक सञ्जालमा हिंसा भोगिरहेका समीक्षा र एलिनाले भेटे गृहमन्त्रीलाई

काठमाडौं- पछिल्लो समय सामाजिक सञ्जालमा दुर्वचन र दुर्व्यवहार खेपिरहेका गायिकाद्वय

मकवानपुरबाट करिब १ हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर– कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो