कमल थापाको आयोजनामा राजावादीहरू एकैठाउँ (तस्बिरहरू) « Khabarhub

कमल थापाको आयोजनामा राजावादीहरू एकैठाउँ (तस्बिरहरू)

राजेन्द्र लिङ्देन पनि सहभागी


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो एक महिनायता एकपछि अर्को राजावादी समूह र दलले सार्वजनिक रुपमा कार्यक्रम गरिरहेका छन् ।

गत फागुन २५ गते पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह फर्किने क्रममा स्वागतका लागि एकजुट देखिएका राजवादीको गतिविधि त्यसयता निरन्तर बढिरहेको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेको प्रदर्शन हिंसात्मक भएयता राजावदीहरू निरन्तर सक्रिय छन् ।

केही नेताहरू प्रहरीको हिरासतमा भए पनि विभिन्न समूह र दलको नाममा राजा र हिन्दु राष्ट्र माग्नेहरूले निरन्तर सडक तताउने क्रम जारी छ ।

सोमबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आयोजनामा रत्नपार्कको शान्तिबाटिकामा राजावादी नेताहरू जुटेका छन् । यहाँ सबै राजावादी नेताहरू एकै मञ्चमा देखिएका हुन् ।

राप्रपा नेपालले सुरुमा यो कार्यक्रमम भृकुटीमण्डपमा गर्ने भनेको थियो । तर रत्नपार्कको शान्तिबाटिकामा यो कार्यक्रम भएको हो ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाले चैत १५ गते तीनकुने घटनामा पक्राउ परेकाको रिहाइ, राजसंस्था माग्दै धर्मनिरपेक्षताको विरोधमा बन्देज लगाउन कानुन निर्माण हुन लागेकोमा विरोधस्वरुप कार्यक्रम गरिएको बताए ।

कार्यक्रमका लागि राप्रपा नेपाल अध्यक्ष कमल थापाले विचार मिल्ने शीर्ष नेताहरूसँग सम्पर्क र समन्वय गरेका थिए । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसँग कुरा गरेका थिए ।

राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बीपी), शिव सेना नेपाल लगायत संस्थासँग पनि समन्वय गरिएको थियो ।

यो कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका छन् । राप्रपाबाट वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर जबरा पनि सहभागी भएका छन् ।

त्यसैगरी राजावादी नेताहरू केशरबहादुर विष्ट र नवराज सुवेदी पनि यो कार्यक्रममा सहभागी भएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ३ : १८ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)