राजाको नाममा फुटेका थापा र लिङ्देन राजाकै नाममा जुटे (तस्बिरहरू) | Khabarhub Khabarhub

राजाको नाममा फुटेका थापा र लिङ्देन राजाकै नाममा जुटे (तस्बिरहरू)


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छुट्टिएको साढे तीन वर्षपछि कमल थापा र राजेन्द्र लिङ्देन नजिकिन थालेका छन् ।

२०७८ मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अप्रत्यासित रुपमा पराजित भएपछि राप्रपा नेपाल ब्यूँताएका कमल थापाको राजनीतिक कार्यक्रममा सम्भवत: पहिलो पटक राजेन्द्र लिङ्देन सहभागी भए ।

सोमबार काठमाडौंको रत्नपार्कमा आयोजित कार्यक्रममा राजेन्द्र लिङ्देन पुग्दा राजावादी पंक्ति उत्साहित देखिएको छ ।

सडकमै राखिएको कुर्सीमा एकसाथ यी दुई नेता बसेपछि राजा र हिन्दुवादी खुसी भए । कमल थापा सँगैको कुर्सीमा बस्न पुग्दा लिङ्देनले दाजु भनेर सम्बोधन गरेका थिए ।

लिङ्देनको उपस्थितिले थापा पनि हँसिलो मुद्रामा देखिए । २०७८ मंसिरको महाधिवेशनपछि लामो समय नबोलेका यी दुई नेताबीच पहिलो पटक यो तहको सौहार्दता देखिएको हो ।

त्यसबेला थापाले आफूलाई हराउन निर्मल निवासबाट पूर्वराजा ज्ञानेन्द्र शाहले नै हस्तक्षेप गरेको आरोप लगाएका थिए । उनले त्यही आक्रोशमा हिन्दुवादी एजेन्डा बोक्ने तर राजाको एजेन्डा नबोक्ने घोषणै गरे। तर त्यसलाई सच्याउँदै राजा नै चाहिने बताइरहेका उनी र लिङ्देनबीचको निकटतालाई धेरै राम्रो सन्देशका रुपमा बुझेका छन् ।

खासगरी गत वर्ष फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतमा नाममा जुटेका राजावादीको संख्या देखेर यी दुई नेता उत्साहित छन् । हजारौँ सहभागी भएपछि दुई नेताले एक हुँदाको शक्ति बुझे पनि अझै एकतातिर अघि बढ्न सकेका छैनन् ।

खासगरी चैत १५ गते दुर्गा प्रसाईं र नवराज सुवेदीको शक्ति प्रदर्शन हिंसात्मक बनेपछि यी नेता झस्किएका छन् । राजावादी आन्दोलनलाई प्रसाईंको हातमा सुम्पेको भन्दै लिङ्देनले त निर्मल निवासमा पुगेर पूर्वराजासँग असन्तुष्टि पनि जाहेर गरिसकेका छन् ।

यद्यप पूर्वराजाले प्रसाईंलाई आफूले जनकमान्डर नबनाएको जवाफ दिएका थिए । राप्रपाले बल्खुमा गत २६ चैतमा गरेको कार्यक्रममा पनि राजावादी यसरी जुटेका थिएनन् ।

भिडियोमा पनि हेर्नुहोस् :

तर राप्रपा नेपालको मञ्चमा पुगेर राजावादीले एकताको सन्देश दिएका छन् । थापा र लिङ्देनबीचको यो सौहार्दताले अब उनीहरूमाथि कार्यकर्ता पंक्तिबाट एकताको दबाब बढ्न सक्नेछ ।

चैत १५ को तीनकुने प्रदर्शनबाट धक्का व्यहोरेको राजावादी आन्दोलनलाई उठाउन यी दुई नेतालाई एक ठाउँमा ल्याउने कोसिस पनि भइरहेको छ ।

May be an image of 6 people, temple and text

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ४ : १७ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले