इरानमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो  « Khabarhub

इरानमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो 


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको राजी बन्दरगाहमा शनिबार भएको  विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको होर्मोजगन प्रान्तका संकट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरना समाचार एजेन्सीले जनाएको छ ।

अधिकारीहरूले आगलागीमा एक हजार भन्दा बढी व्यक्तिहरू घाइते भएको बताएका छन । हसनजादेहले अधिकाशं घाईतेहरु उपचार पछि फर्किइएको तथा १३८ जना घाइतेहरू अझै अस्पतालमा  उपचाररत रहेको उल्लेख गरेका छन् ।   

इरानको सरकारी टेलिभिजनले आगलागीको फुटेज देखाउदै आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको मूल्यांकन गरिने जनाएको छ । आगो निभाउनको लागि अग्निनियन्त्रक यन्त्र (दम्कल) तथा हेलिकप्टर  परिचालन गरि रहेको टेलिभिजन फुटेजकमा देखाइएको छ । 

बन्दरगाह स्थित भन्सार कार्यालयले विस्फोटको स्पष्ट कारण यकिन नभए ता पनि रासायनिक सामग्री भण्डारण डिपोमा आगलागी भएको हुन सक्ने जनाएको छ ।  इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिए ।  

सामाजिक सञ्जाल तथा सिसिटिभीमा देखाइएको भिडियोमा सानो आगो धुवाँको साथ घटना बिस्तारै सुरु भएको देखाइएको छ ।  गोदामको छेउमा केही कन्टेनरहरू बिचबाट सुरु भएको सानो आगोले ठुलो रूप लिएको देखाइएको छ ।  
 
राष्ट्रपति मसूद पेजेस्कियनले अब्बासमा घाइतेहरूलाई भेट्न अस्पतालमै पुगेको जनाइएको छ । रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाई-निकले यस क्षेत्रमा सैन्य इन्धन वा सैन्य प्रयोगका लागि कुनै आयात र निर्यात नगरिएको बताए । 
 
रूसले आगो नियन्त्रणको लागि सहयोग गर्न विशेषज्ञहरू पठाएको छ । अधिकारीहरूले सोमबार राष्ट्रिय शोकको घोषणा गरेका छन् भने बन्दरगाहको होर्मोजगन प्रान्तमा आइतबार देखि नै तीन दिनको शोक सुरु भएको छ ।

तेहरानमा आयोजित उच्चस्तरीय वार्ताका लागि ओमानमा इरानी र अमेरिकी प्रतिनिधिहरू भेटवार्ता गर्दै गर्दा विस्फोट भएको थियो । 
 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : २४ बजे

‘इजरायल–लेबनानबीच ४५ दिन युद्धविराम विस्तारमा सहमति’ 

एजेन्सी– लेबनानमा जारी इजरायली आक्रमणका बीच इजरायल र लेबनान आगामी

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी

 काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले

राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको दुई दिने भ्रमणको  कार्यक्रम