इरानमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो  | Khabarhub Khabarhub

इरानमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो 


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको राजी बन्दरगाहमा शनिबार भएको  विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको होर्मोजगन प्रान्तका संकट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरना समाचार एजेन्सीले जनाएको छ ।

अधिकारीहरूले आगलागीमा एक हजार भन्दा बढी व्यक्तिहरू घाइते भएको बताएका छन । हसनजादेहले अधिकाशं घाईतेहरु उपचार पछि फर्किइएको तथा १३८ जना घाइतेहरू अझै अस्पतालमा  उपचाररत रहेको उल्लेख गरेका छन् ।   

इरानको सरकारी टेलिभिजनले आगलागीको फुटेज देखाउदै आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको मूल्यांकन गरिने जनाएको छ । आगो निभाउनको लागि अग्निनियन्त्रक यन्त्र (दम्कल) तथा हेलिकप्टर  परिचालन गरि रहेको टेलिभिजन फुटेजकमा देखाइएको छ । 

बन्दरगाह स्थित भन्सार कार्यालयले विस्फोटको स्पष्ट कारण यकिन नभए ता पनि रासायनिक सामग्री भण्डारण डिपोमा आगलागी भएको हुन सक्ने जनाएको छ ।  इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिए ।  

सामाजिक सञ्जाल तथा सिसिटिभीमा देखाइएको भिडियोमा सानो आगो धुवाँको साथ घटना बिस्तारै सुरु भएको देखाइएको छ ।  गोदामको छेउमा केही कन्टेनरहरू बिचबाट सुरु भएको सानो आगोले ठुलो रूप लिएको देखाइएको छ ।  
 
राष्ट्रपति मसूद पेजेस्कियनले अब्बासमा घाइतेहरूलाई भेट्न अस्पतालमै पुगेको जनाइएको छ । रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाई-निकले यस क्षेत्रमा सैन्य इन्धन वा सैन्य प्रयोगका लागि कुनै आयात र निर्यात नगरिएको बताए । 
 
रूसले आगो नियन्त्रणको लागि सहयोग गर्न विशेषज्ञहरू पठाएको छ । अधिकारीहरूले सोमबार राष्ट्रिय शोकको घोषणा गरेका छन् भने बन्दरगाहको होर्मोजगन प्रान्तमा आइतबार देखि नै तीन दिनको शोक सुरु भएको छ ।

तेहरानमा आयोजित उच्चस्तरीय वार्ताका लागि ओमानमा इरानी र अमेरिकी प्रतिनिधिहरू भेटवार्ता गर्दै गर्दा विस्फोट भएको थियो । 
 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ५ : २४ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)