गाडीमा यौन दुर्व्यवहार गरेको आरोप लागेका पूर्व सांसद धरौटीमा रिहा « Khabarhub

गाडीमा यौन दुर्व्यवहार गरेको आरोप लागेका पूर्व सांसद धरौटीमा रिहा


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक यातायातमा महिला (युवती)माथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्व सांसद  ( तत्कालीन संविधासभा सदस्य) योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको थुनछेक आदेशानुसार पूर्व सभासद घिसिङ ५ हजार घरौटीमा रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख (प्रमुख जिल्ला अधिकारी) भागिरथ पाण्डेको सोमबारको इजलाशले पूर्व सांसद घिसिङलाई ५ हजार धरौटी माग गरेको हो ।

एक युवतीले सार्वजनिक यातायातमा घिसिङले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै घिसिङविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गरेकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा घिसिङ भदौ २३ गते पक्राउ परेका थिए । प्रहरीले घिसिङविरुद्ध अभद्र व्यवहारको कसुरअन्तर्गत मुद्दा चलाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले थुनछेक आदेशमा ५ हजार धरौटीमा रिहा गरी तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

घिसिङ तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १ : १५ बजे

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी– नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल

हात्तीको स्वभावमा बहस : ‘रिस र प्रतिशोध राख्न सक्छ’

चितवन– बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जङ्गली ध्रुवे

हर्मुज विवादले मध्यपूर्वमा सुरक्षा चुनौती गहिरियो

एजेन्सी– विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी