चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता « Khabarhub

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५१ वटा मोटरसाइकल तथा स्कुटरहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले पछिल्लो एक महिनामा फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटरहरू सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।  

मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गरिराखेको अवस्थामा हराउने वा चोरी हुने गरेको पाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए । 

लामो समयसम्म सवारी साधन पार्किङ गरेर छोड्नुपर्ने अवस्था आएमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा पूर्व जानकारी गराउन उनले सुझाव दिए । 

साथै उनले सवारी साधन चोरी हुनबाट जोगाउन प्रविधिको प्रयोग गर्न एन्टि–लक सिस्टम, अलार्म सिस्टम, जीपीएस ट्र्याकरजस्ता प्रविधिहरू प्रयोग गर्न समेत आग्रह गरे  । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १ : ०० बजे

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक