मैदानमा खेलिरहेका खेलाडीमाथि चट्याङ परेपछि… « Khabarhub

मैदानमा खेलिरहेका खेलाडीमाथि चट्याङ परेपछि…


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खेल चलिरहेका बेला चट्याङ परेपछि जमैकाका दुई फुटबल खेलाडी घाइते भएका छन् । सोमबार जमैकाको विद्यालयस्तरको फुटबल प्रतियोगिता भइरहँदा चट्याङ परेपछि खेलाडी घाइते भएका हुन् ।

चट्याङ लागेर घाइते भएका खेलाडीहरुलाई तत्कालै स्थानीय विश्वविद्यालयको अस्पताल भर्ना गरिएको समाचारहरुमा उल्लेख गरिएको छ । स्थानीय वाल्मर स्कूल र जमैका कलेजबीचको खेलका क्रममा चट्याङ परेको हो ।

विपक्षी खेलाडीको बल रोक्न मैदानमा रहेका खेलाडीहरु चट्याङ लागेपछि एकाएक मैदानमा लडेका थिए । अफिसियलहरुले उनीहरुलाई स्टेचरमा हालेर बाहिर ल्याएका थिए ।

बेलायतपछि सबैभन्दा धेरै चट्याङ पर्ने देशमा जमैका पर्दछ । तथ्याङक अनुसार जमैकामा बार्षीक ७ लाखसम्म मानिसहरु चट्याङबाट पीडित हुने गरेका छन् । यस्तै, बेलायतमा वार्षिक १० लाख जनता चट्याङका प्रभावित भेटिने गरेको तथ्याङ्क छ ।


तस्वीरहरु– Givemesports

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  २ : १२ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज