प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद | Khabarhub Khabarhub

प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेशको अछाम पुगेका छन् ।

हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियानको क्रममा अध्यक्ष दाहाल अछाम पुगेका हुन् ।

अभियानका क्रममा अध्यक्ष दाहालसहितको टिमले अछामी समुदायको परम्परागत परिकार भक्सीको स्वाद लिएको छ ।

भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ । तयार पारिएको मिश्रण केराको पातमा बेरेर आगोको भुङ्ग्रेमा पकाइन्छ । यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरेर बनाइने अर्को लोकप्रिय परिकार हो ।

स्थानीय संस्कृतिको सम्मानस्वरूप, अभियान टोलीले केराको पातमा बेरेर पकाइएको भक्सी र डल्ला मासको स्वादले भरिपूर्ण परिकार खाजाका रूपमा ग्रहण गरेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : ०९ बजे

अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

काठमाडौं– जेन–जी पुस्ताले देशव्यापी रूपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक,

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय

सरसफाइमा ‘जेन-जी’

काठमाडौं– परिवर्तनका विभिन्न एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेन-जी’ले यही भदौ

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

काठमाडौं– नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय

मिटिङ बसिरहेका छौँ, देशलाई समृद्ध बनाउने एजेन्डा आउँछ : अनिल बानियाँ

काठमाडौं– जेन-जी पुस्ताको अहिले भर्चुअल बैठक बसिरहेको छ। भर्चुअलमार्फत बैठक