राउटे मुखिया सूर्यनारायणको मृत्यु « Khabarhub

राउटे मुखिया सूर्यनारायणको मृत्यु


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राउटे मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको सुर्खेतको बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा जंगलमा सोमबार राती सुर्यनारायणको मृत्यु भएको हो ।  

सोमबार राती नै उनको अन्त्येष्टी गरिएको राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । 

अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हो । राउटे समुदायका तीन जना मुखिया हुन्छन् । राउटे समुदायमा तीन गोत्र छन् । तीन गोत्रमध्ये उनी रास्कोटी गोत्रबाट मुखिया भएका हुन् । सूर्यनारायण २०६९ जेठमा मुखिया बनेका थिए । 

एक दशक अघिसम्म एकजना मुखियाले पश्चिम नेपालका जङ्गलमा वर्षौँदेखि फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको नेतृत्व गर्दै आएका थिए ।

एक मात्र मुखिया हुने परम्परा तोड्दै राउटे समुदायले विसं २०६९ सालमा भने तीनजना मुखिया बनाउने गरेका थिए । 

त्यसैले अहिले राउटे समुदायमा रास्कोटी, कल्याल र सोवंशी थरका अलग अलग मुखिया छन् ।

सूर्यनारायण शाहीले रास्कोटी, वीरबहादुर शाहीले कल्याल र दिलबहादुर शाहीले सोमवंशी थरका मानिसलाई नेतृत्व गरिरहेका छन् ।

राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका छन् । 

अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । अब राउटेको संख्या घटेर १३५ पुगेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : २२ बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री