राउटे मुखिया सूर्यनारायणको मृत्यु « Khabarhub

राउटे मुखिया सूर्यनारायणको मृत्यु


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राउटे मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको सुर्खेतको बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा जंगलमा सोमबार राती सुर्यनारायणको मृत्यु भएको हो ।  

सोमबार राती नै उनको अन्त्येष्टी गरिएको राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । 

अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हो । राउटे समुदायका तीन जना मुखिया हुन्छन् । राउटे समुदायमा तीन गोत्र छन् । तीन गोत्रमध्ये उनी रास्कोटी गोत्रबाट मुखिया भएका हुन् । सूर्यनारायण २०६९ जेठमा मुखिया बनेका थिए । 

एक दशक अघिसम्म एकजना मुखियाले पश्चिम नेपालका जङ्गलमा वर्षौँदेखि फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको नेतृत्व गर्दै आएका थिए ।

एक मात्र मुखिया हुने परम्परा तोड्दै राउटे समुदायले विसं २०६९ सालमा भने तीनजना मुखिया बनाउने गरेका थिए । 

त्यसैले अहिले राउटे समुदायमा रास्कोटी, कल्याल र सोवंशी थरका अलग अलग मुखिया छन् ।

सूर्यनारायण शाहीले रास्कोटी, वीरबहादुर शाहीले कल्याल र दिलबहादुर शाहीले सोमवंशी थरका मानिसलाई नेतृत्व गरिरहेका छन् ।

राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका छन् । 

अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । अब राउटेको संख्या घटेर १३५ पुगेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : २२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम