रबि र रबिन्द्रलाई प्रतिशोधपूर्ण रूपमा थुनियो : मनिष झा « Khabarhub

रबि र रबिन्द्रलाई प्रतिशोधपूर्ण रूपमा थुनियो : मनिष झा


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र पार्टी सभापति रबि लामिछानेको थुनाका बारेमा प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीले नियतबस मिश्र र लामिछानेलाई थुनामा राखेको आरोप लगाएका हुन् ।

‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला तर उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहार प्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले मंगलबारेका संसद बैठकमा भने, ‘यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाएर हिरासतमा पुर्याए । उहाँलाई धन्यवाद छ स्विकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । म आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला ।’

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : २२ बजे

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा

विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय

काठमाडौं- विकासे मन्त्रालय खोजेपछि डा. अमरेश सिंह अन्तिम समयमा मन्त्रीको

बालेनका विश्वास पात्र लमसाललाई भौतिक मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपात्र सुनिल लम्साललाई भौतिक