रबि र रबिन्द्रलाई प्रतिशोधपूर्ण रूपमा थुनियो : मनिष झा « Khabarhub

रबि र रबिन्द्रलाई प्रतिशोधपूर्ण रूपमा थुनियो : मनिष झा


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र पार्टी सभापति रबि लामिछानेको थुनाका बारेमा प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीले नियतबस मिश्र र लामिछानेलाई थुनामा राखेको आरोप लगाएका हुन् ।

‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला तर उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहार प्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले मंगलबारेका संसद बैठकमा भने, ‘यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाएर हिरासतमा पुर्याए । उहाँलाई धन्यवाद छ स्विकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । म आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला ।’

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : २२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको