बराहतालमा माछाका भुरा छोडियो « Khabarhub

बराहतालमा माछाका भुरा छोडियो


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको बराहताल गाउँपालिका–४ मा रहेको बराहतालमा माछाका भुरा छाडिएको छ । ताललाई प्राकृतिक सौन्दर्यमा फर्काउनका लागि माछाका भुरा छाडिएका हुन् । 

सुर्खेतको प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको बराहतालमा ६० हजार माछाका भुरा हाल्ने लक्ष्य राखिएको ३० हजार माछाका भुरा सोमबार तालमा छाडिएको बराहताल गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष बिर्खबहादुर सिजापतिले जानकारी दिए ।

‘हिजो सोमबार दिन ३० हजार माछाका भुरा हालिएका छन्,’ उनले भने, ‘भोली बुधबारका दिन थप ३० हजार माछाका भुरा हाल्ने लक्ष्य राखिनेछ ।’ 

प्राकृतिक ताल लतैयाहरु रहेको प्राकृतिक सौन्दर्यका रूपमा रहेका माछा हराउँदै गएका कारणले ग्रासकार्स जातका माछा राखिएको वडाध्यक्ष सिजापति बताए । 

‘तालमा आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना छन्,’ उनले भने, ‘ताल करिब १६ बिघा क्षेत्रफलमा फैलिएको छ । भेरी नदीको करिब एक सय ५० मिटर उचाइमा रहेको तालमा विभिन्न समयमा अनौठा प्रजातिका चराहरू देख्न सकिन्छ ।’

पर्यटकीय हिसाब निकै मनोरम रहेको तालमा संरक्षण तथा प्रवर्द्धन गर्नका लागि वडाले अहिले काम गरिरहेको वडाध्यक्ष सिजापतिको भनाई रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : ४३ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको