दुई दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता « Khabarhub

दुई दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

 काबुल– आइतबार र सोमबार छ हजार छ सय १९ अफगान परिवार छिमेकी इरान र पाकिस्तानबाट स्वदेश फर्केको अफगानिस्तानको फिर्ती समस्याहरू सम्बोधन गर्ने उच्च आयोगले जनाएको छ ।

शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ, पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा पोइन्ट र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा क्रसिङ पोइन्ट हुँदै घर फर्केका छन् ।

अप्रिल १ देखि २४ सम्म पाकिस्तानबाट करिब एक लाख २० हजार अफगानी शरणार्थी स्वदेश फर्केको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले बिहीबार रिपोर्ट गरेको छ ।

करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू छन् र हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश अफगानिस्तानको पाकिस्तान र इरानमा बसिरहेका छन् ।

अफगान अन्तरिम सरकारले बारम्बार अफगान शरणार्थीहरूलाई फर्कन र आफ्नो युद्धग्रस्त मातृभूमि पुनर्निर्माण गर्न सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : ५६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित