वायुसेवा निगमको ऋण ४० अर्ब, सम्पत्ति ३ अर्ब ६० करोड « Khabarhub

वायुसेवा निगमको ऋण ४० अर्ब, सम्पत्ति ३ अर्ब ६० करोड


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्बौं को घाटामा रहेको नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्य दलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई निगमको सुधारका लागि सुझाव दिन गठित कार्य दलले आफ्नो प्रतिवेदन बुझाएको हो ।

पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको पाँच सदस्यीय कार्य दलले मन्त्री भट्टराईलाई सिंहदरबारमा बुझाएको प्रतिवेदनमा निगमको वित्तिय सुधारका लागि तत्काल पहल गर्न सरकारलाई सुझाव दिइएको छ । त्यसैगरी रणनीतिक साझेदार तत्काल खोजी गरी निगमको व्यवस्थापनलाई चुस्त बनाउन पनि सुझाव दिइएको कार्य दलका संयोजक घिमिरेले जानकारी दिए ।

प्रतिवेदनमा नेपाल वायु सेवा निगम राष्ट्रका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक कम्पनीको मोडलमा अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ । प्रतिवेदनमा निगम पदाधिकारीको नियुक्तीमा सरकारले गरेको कमजोरीका कारण पनि निगममा सुधार हुन नसकेको निष्कर्ष निकालिएको छ ।

कार्य दलले निगमको घाटा हाल ५ अर्ब २१ करोड ७६ लाख रहेको तथा ४० अर्ब ऋणको पनि व्ययभार रहेको जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि नौवटा साना विमान र अन्य चारवटा एयर बस रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संयोजक घिमिरेले निगमसँग ३ अर्ब ६० करोड ७० लाख जिन्सी सम्पत्ति रहेको पाइएको जानारी दिए ।

यता, प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईले कार्य दलको प्रतिवेदनलाई सरकारले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए । उनले सार्वजनिक कम्पनी अन्तरगत नयाँ रणनीतिक साझेदार भित्र्याएर निगमको व्यवस्थापनलाई अघि बढाउने विषयमा सरकार गम्भिर रहेको बताए । त्यसका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पार्न केही समय लाग्ने मन्त्री भट्टराईको भनाई छ ।

मन्त्री भट्टराईले निगमलाई सुधार गरेर नेपालमा पर्यटक भित्र्याउन सरकार सदा प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ४ : २३ बजे

अमेरिकाको प्रस्तावमाथि समीक्षा भइरहेको छ : इरान

काठमाडौँ– इरान र अमेरिकाबीच जारी युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा– झापाको मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन– चितवन मेडिकल कलेज (सीएमसी)ले संघीय राजधानि काठमाडौँको तीनकुने र

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल