श्रमसंसार पोर्टलले रोजगारीको लागि सही सूचना सम्प्रेषण गर्नेछ : श्रममन्त्री भण्डारी  | Khabarhub Khabarhub

श्रमसंसार पोर्टलले रोजगारीको लागि सही सूचना सम्प्रेषण गर्नेछ : श्रममन्त्री भण्डारी 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावको कारण रोजगारीको अवसरबाट युवाहरू वञ्चित हुनु परेको बताएका छन् । 

मंगलबार मन्त्रालयमा आयोजित श्रम संसार पोर्टल सञ्चालन सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री सही सूचनाको अभावमा युवाहरू रोजगारीको अवसरबाट वञ्चित हुनु परेको बताएका हुन । 

मन्त्री भण्डारीले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि दुई युवाहरू भेटेर  रोजगारी माग्न आउँदा देशभित्र कसरी एकीकृत रोजगारी सूचना दिने सन्दर्भमा आएको अवधारणा अनुसार श्रमसन्सार पोर्टलको आविष्कार भएको बताए । 

उनले भने, यो केवल एक सामान्य पोर्टल मात्र होइन, मलाई विश्वास छ, यो एउटा सामाजिक क्रान्तिको रूपमा स्थापित हुनेछ, यसले युवाहरूलाई देश भित्र पनि मिहिनेत र आत्मविश्वास भर्नेछ । 

मन्त्री भण्डारीले देशभित्र सोसफोर्स नभए रोजगारी वा कुनै पनि अवसर पाउन नसकिने दुःखद भाष्य निर्माण भएको चिन्ता व्यक्त गर्दै क्षमता र योग्यताको आधारमा रोजगारीको अवसर सृजना गर्न यस पोर्टल मार्फत युवाहरूमा विश्वास जगाउने विश्वास व्यक्त गरे । 

वैदेशिक रोजगारका लागि उचित सूचना अभावका कारण बिचौलियाहरूले गाउँघरमा ठग्ने गरेको जिकिर गर्दै यसको सदुपयोग गरी सात सय ५३ वटा स्थानीय तहमा यसले सही सुचना सम्प्रेषण गर्ने उनले बताए । 

उनले भने, अब सबै स्थानीय तहमा एकीकृत रूपमा वैदेशिक तथा स्वदेशमा भएका रोजगारका अवसरहरूको सही सूचना सम्प्रेषण हुनेछ, यसले बिचौलियाहरूको धन्धा बन्द भई आफ्नै गाउँघरमा ठगिन रोकिनेछ । 

मन्त्री भण्डारीले सबैको सहयोग, साथ र सहकार्यले सूचना प्रविधिको सही सदुपयोग गरी एकीकृत एकद्धार सूचना प्रणाली स्थापित गर्नु नै मुख्य उद्देश्य रहेको बताए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्विस सरकारको सहयोगमा निर्माण भएको श्रमसन्सार रोजगारी पोर्टल यही मे १, विश्व मजदुर दिवस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट लन्च गरिनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : २३ बजे

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता

बडीमालिका यात्रामा धनगढीदेखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा 

धनगढी– बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको