मिथिला क्षेत्रमा बटुवालाई सातु र सर्वतले स्वागत « Khabarhub

मिथिला क्षेत्रमा बटुवालाई सातु र सर्वतले स्वागत


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला क्षेत्रमा आज बटुवालाई सातु र सर्वतले स्वागत गरिएको छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्वमा आज बिहानैदेखि सातु र सर्वत प्रदान गरिएको छ ।

गर्मीयाममा खलखली पसिना काढ्दै हिँड्ने बटुवालाई जौको सातु र सक्खर, मिश्री, मरीच एवं शीतलजल मिसाएर बनाइएको सर्वत दान गर्दा कहिल्यै नास नहुने पुण्य आर्जन हुने जनविश्वास छ ।

पर्वमा कुनै जात, धर्म, सम्प्रदाय र लिङ्गको भेद नगरी सातु र सर्वत दान गरिन्छ । मिथिला क्षेत्रका गाउँबस्तीका चोकचोकमा मैथिल र मिथिलानी सातु र सर्वत लिएर बसेका छन् ।

यो पर्वमा सातुका थैला र सर्वतका घडा दान गर्ने परम्परा पनि छ । मिथिला परम्पराका जानकार याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्णले अक्षय तृतीयाको वर्णन भविष्य पुराणमा गरिएको बताए ।

भगवान् शिव र पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण तथा गरिबलाई स्वर्ण, अन्न र वस्त्र दान गरेमा सुख, सौभाग्य र धन वृद्धि हुने धार्मिक मान्यता रहेको उनको कथन छ ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवर्द्धक जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ ।

यस दिन नयाँ घरबास, नानीहरूको अन्नप्राशन र विवाहलगायत शुभकार्यका लागि साइत हेर्न नपर्ने मैथिल मान्यता छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : २३ बजे

एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

काठमाडौं – लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर

मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड

बागमती– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले नियमानुसार मुआब्जा

आजका समाचार : कुलमानमाथि खनिए जेन-जी, एमालेको रिटमा सर्वोच्चले कारण सोध्यो, मधेशमा सरकार गठनको आह्वान र लुम्बिनीसँग विराटनगर पराजित

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन

श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज

तनहुँमा सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

दमौली – तनहुँमा ४५० जना एड्स सङ्क्रमित रहेका छन् ।