गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : प्रचण्ड « Khabarhub

गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : प्रचण्ड


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका दाहालले आज शहीद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए ।

अध्यक्ष दाहालले शहीद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । शहीदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले शहीद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको उल्लेख गरे ।

जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै अध्यक्ष दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन नसक्ने बताए ।

उक्त अवसरमा उनले शहीद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यसैबीच, दाहालले बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजनाको उद्घाटन गरे । सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको पनि उनले अवलोकन गरे ।

अध्यक्ष दाहालले आजै पुनर्वास नगरपालिका– ५ शोभाताल प्राङ्गणमा शहीद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भेट गरेका थिए । भेटमा उनले शहीदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ११ : १५ बजे

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि

ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीमा एकै दिन