भारतमा विद्युतीय चुरोट प्रतिबन्ध | Khabarhub Khabarhub

भारतमा विद्युतीय चुरोट प्रतिबन्ध


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– पछिल्लो समय विश्वका विभिन्न मुलुकमा विद्युतीय चुरोटका कारण स्वास्थ्यमा पर्ने असरबारे बहस भइरहेको छ ।

विद्युतीय चुरोटका कारण गत अगष्ट २३ मा विद्युतीय चुरोटका कारण एक जनाको ज्यान गएपछि अमेरिकामा विद्युतीय चुरोटमा प्रतिबन्ध लागिसकेको छ ।

हालै भारतले पनि यस्ता किसिमको विद्युतीय चुरोटमा प्रतिबन्ध लगाएको छ । भारतीय मन्त्रीपरिषद्को बुधबार बैठकले भारतभर विद्युतीय चुरोटको उत्पादन, आयात निर्यात, विज्ञापन, ओसारपसार, विक्री र प्रयोगमा प्रतिबन्ध लगाएको हो । पछिल्लो प्रतिबन्धमा विद्युतीय हुक्का समेत सामेल रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विद्युतीय चुरोटका कारण धूमपान सिक्दै गरेका युवाहरुको व्यवहारमा लगाम लाग्ने भारतीय अधिकारीको अपेक्षा छ । नयाँ नियम अनुसार भारतमा कसैले विद्युतीय चुरोटको विक्री, उत्पादन, आयात निर्यात, विज्ञापन र प्रयोग गरेको पाइएमा पहिलोपटक १ वर्ष जेल सजाय तथा १ लाख रुपैयाँ जरिवाना र पटक–पटक यस्तै गरेको पाइएमा ३ वर्षको जेल सजाय तथा ५ लाख रुपैयाँ जरिवाना सजाय हुनेछ ।

अनुमानअनुसार यस्ता विद्युतीय चुरोटका ४ सय भन्दा धेरै ब्राण्ड बजारमा उपलब्ध छन् । यद्यपि भारतमा भने यस्ता कुनै पनि किसिमका विद्युतीय चुरोटको उत्पादन हुँदैन । त्यस्तै भारतीय बजारमा १५० भन्दा धेरै स्वादका विद्युतीय चुरोट पाइन्छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ५७ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष