नवौँ पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक « Khabarhub

नवौँ पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोखरा– नवौं पोखरा स्पोर्टस अवार्डका लागि खेलाडी र प्रशिक्षकहरूको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आउँदो २६ गते आयोजना हुने स्पोर्टस अवार्डका लागि विभिन्न ४ विभिन्न विद्यामा १२ जनाको नाम सार्वजनिक गरिएको हो । 

जस अनुसार वर्ष उत्कृष्ट खेलाडी पुरुषमा विश्वास अधिकारी (भलिबल), प्रदीप खड्का (टेनिस) र सुमित श्रेष्ठ (फुटबल) रहेको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले जानकारी दिए ।  

वर्ष उत्कृष्ट खेलाडी महिलामा अरुणा शाही (भलिबल), कृपा गुरूङ (फेन्सिङ) र सुष्मिता थापामगर (आइटिएफ तेक्वान्दो-मुआथाई) छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा बादल कार्की (एथलेटिक्स), जितबहादुर सार्की (भलिबल), रचना चौधरी (क्रिकेट) छिन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा नीरज थापा ९टेनिस०, रमेश केसी (भलिबल) र राजेन्द्र तामाङ (फुटबल) छन् । 

पोखरा स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडीले ट्रफीसहित इलेक्ट्रिकल स्कुटर हात पार्ने छन् भने उदीयमान खेलाडी प्रशिक्षकले ट्रफीसहित जनही नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

मञ्चले सोही दिन लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि सम्मान गर्ने अध्यक्ष मगरले जानकारी दिए । उनका अनुसार लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । खेल संस्था वा क्लब र पत्रकारलाई जनही नगद ३५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : २८ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक