एकता रोकिएपछि जनमत र नाउपाका नेताहरू छलफलमा « Khabarhub

एकता रोकिएपछि जनमत र नाउपाका नेताहरू छलफलमा


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी एकता घोषणा रोकिएपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका नेताहरु थप छलफलमा जुटेका छन् । हिजोका लागि तोकिएको एकता घोषणासभा नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि रोकिएको थियो ।

चौधरी पक्राउ परेको ५ घण्टामै छुटेपछि बिहिबार पार्टी एकताको चर्चा चले पनि बुधबार बेलुका बसेको जनमत र नाउपाको बैठकले तत्काल केही दिनका लागि पार्टी एकता नगर्ने निर्णय गरेको जनमतका प्रवक्ता सरदसिंह यादवले खबर हबलाई बताए ।

‘केही दिनका लागि हामीले पार्टी एकता रोकेका छौँ । हिजोको घटना सामान्य कर्मचारीले गरेको त्रुटि भनेर हामीले कदापि विश्वास गर्न सकेका छैनौँ । यसलाई निर्मम ढङ्गले समीक्षा गरिरहेका छौँ’, यादवले खबराबलाई भने, ‘पार्टी एकता दुईचार दिनपछि हुन्छ हामी पार्टी एकता जसरी पनि गरेर छाड्छौँ। तर यो सम्पूर्ण परिघटनालाई निर्मम समीक्षा गर्न हामी दुई पार्टी बसेर  छलफल भइरहेको छ ।’

उनले जनमतले पनि सरकार छाड्न लागेको हो भन्ने प्रश्नमा सबै परिघटनाको समीक्षा आइसकेपछि त्यसको पनि निर्णय हुने बताए ।

‘अहिले सरकार छोड्ने बारे हामीले निर्णय गरेको छैनौँ । उहाँहरूले आफ्नो ढङ्गले गर्नुहोला’, प्रवक्ता यादवले भने, ‘हामी एउटै सिरामा अगाडि बढिसकेका छौँ यी सबै निर्णयहरू एकैसाथ सार्वजनिक गर्ने तयारीमा पनि छौँ ।’

यस्तै यादवले यसअगाडि जनमत पार्टीका अध्यक्ष सीके राउतलाई मार्ने धम्की आएको र  दुई पार्टीको एकता रोक्ने खालका अभिव्यक्तिहरू आएकाले राउतले विभिन्न अन्तर्वार्ता र कार्यक्रममा यसबारे बोल्दै आएको समेत स्मरण गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ९ : २१ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक