‘श्रमिकको पसिना र समर्पणले समाज बाँचेको छ’ « Khabarhub

‘श्रमिकको पसिना र समर्पणले समाज बाँचेको छ’


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको उल्लेख गरेका छन् ।

श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा  व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको बताएका छन् ।

उनले भनेका छन्, ‘श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको छ, छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन– श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ ।’

प्रधानमन्त्री ओलीले श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ९ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै