विमलेन्द्रको आग्रह- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा समर्थन गरौँ « Khabarhub

विमलेन्द्रको आग्रह- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा समर्थन गरौँ


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रवासमा रहेका नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा राजनीतिक रूपले जनमत र समर्थन सिर्जना गर्न आग्रह गरेका छन् । 

जनसम्पर्क समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा उनले यस्तो आग्रह गरेका हुन् । 

‘नेपाली कांग्रेससँग सम्बन्धित सरोकार राख्नेहरूसँग हामी दुई–तीन किसिमको भूमिकाका लागि अनुरोध गर्दछौँ,’ नेता निधिले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको पक्षमा राजनीतिक रूपले जनमत र समर्थन सिर्जना गर्नका लागि म अनुरोध गर्न चाहन्छु ।’

उनले नेपालको आर्थिक प्रगतिका लागि प्रवासमा रहेका नेपाली समुदायले आफूले सकेको वैचारिक र आर्थिक योगदान दिनुपर्नेमा पनि जोड दिए । ‘दोस्रो कुरा, नेपालको आर्थिक प्रगतिमा प्रवासमा बस्ने नेपाली दाजुभाइका तर्फबाट वैचारिक अथवा आर्थिक जे योगदान हुन सक्छ त्यस्तो भूमिकाको लागि पनि म अनुरोध गर्न चाहन्छु,’ निधिले भने । 

उनले आगामी निर्वाचनमा कांग्रेसको पक्षमा मतदानका लागि सक्रिय भइदिन पनि आग्रह गरे । ‘२०८४ मा हुने चुनावमा तपाईँहरूको बाहिरबाट र देशभित्रबाट नेपाली कांग्रेसको पक्षमा मतदान कसरी हुने छ, त्यसको लागि पनि सहयोग गर्न सक्रिय भइदिन अनुरोध गर्न चाहन्छु,’ नेता निधिले भने ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : २९ बजे

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा आज नेपाल

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी