श्रमसंसार पोर्टलमार्फत सहजै रोजगारी पाउने अवस्थामा सृजना भयो : श्रममन्त्री भण्डारी  « Khabarhub

श्रमसंसार पोर्टलमार्फत सहजै रोजगारी पाउने अवस्थामा सृजना भयो : श्रममन्त्री भण्डारी 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अब योग्यता र क्षमता भएका नागरिकले सहजै रोजगारी पाउने अवस्था सृजना भएको बताएका छन् । 

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । 

उनले युवाहरूले आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाउँमा बसेर रोजगारी गर्न सक्ने बताए । ‘पहुँच र भनसुनले रोजगारी पाइन्छ भन्ने भाष्य चिर्दैछौँ ।’ उनले भने । 

मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले भचुर्अल माध्यमबाट शुभारम्भ गरेका थिए । मन्त्री भण्डारीले स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवा सुविधा प्रदान गर्न अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘यो पोर्टल आजदेखि सुरुआत भएको छ । सबै स्थानीय तह र श्रमिकसँग मोबाइल एप्लिकेसनमार्फत यसको पहुँच पुग्नेछ । योसँगै स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवा सुविधा प्रदान गर्न मन्त्रालयले अभियान सञ्चालन गर्नेछ ।’

सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ लाई प्रभावकारी कार्यान्वयन गर्न श्रम संसार पोर्टलले श्रम बजार सूचना प्रणालीमा सहयोगी सिद्ध हुने उनले बताए । 

उक्त अवसरमा एकीकृत रोजगारी प्रणालीका लागि www.shramsansar.gov.np पोर्टलको शुभारम्भ गरिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै