शारीरिक र बौद्धिक श्रम गर्ने सबै श्रमिकलाई सम्मान गर्नुपर्छ : बाबुराम भट्टराई | Khabarhub Khabarhub

शारीरिक र बौद्धिक श्रम गर्ने सबै श्रमिकलाई सम्मान गर्नुपर्छ : बाबुराम भट्टराई


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकको श्रमलाई उच्च सम्मान गर्नुपर्ने बताएका छन् ।

१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल समाजवादी टे«ड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरू नै सत्तामा पुगेपछि मजदुरका हकहितका  विषयलाई बेवास्ता गर्ने गरेको बताए । 

उनले भने, ‘मजदुरले लडेर ल्याएको आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकार व्यवहारमा अझै लागू हुन सकेको छैन, अहिले श्रम गरेर खाने भन्दा बिचौलिया र कमिसन खोरको बिगबिगी भएको छ ।’ 

मजदुरहरु र आम नेपाली जनताको सङ्घर्षका कारण देशमा  सङ्घीय लोकतान्त्रिक व्यवस्था, स्थापना भए पनि मजदुरका समस्या समाधान हुन नसक्नु दुःखद पक्ष भएको उनले भनाइ छ । 

उनले लामो सङ्घर्षबाट राजतन्त्र हटाए पनि राजनीतिक दलका नेताको कार्यशैली राजाको जस्तै भएको उल्लेख गर्दै ती दलहरूकै कारण जनतामा असन्तुष्टि सृजना भएको दाबी गरे।

 अध्यक्ष भट्टराईले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनुपर्नेमा जोड दिँदै पुराना दलले मजदुर र आमजनताका समस्या समाधान गर्न नसक्ने भएकाले आफूले अग्रगामी र वैकल्पिक एजेण्डासहित नेसपा नयाँ शक्ति अगाडि बढाइएको प्रष्ट पारे। 

उनले आफूले भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने काम गरेको बताउँदै नेपालमा राजावादी भन्नेले फैलाएको भ्रमबाट भ्रमित नहुन आफूले भारतका विभिन्न पार्टीका नेतालाई भनेको बताए। 

कार्यक्रममा नेसपा (नयाँ शक्ति) का केन्द्रीय सदस्य एवं नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष विष्णु पौडेलले सरकारले तोकेको न्यूनतम पारिश्रमिक रु १७ हजार पाँच सयले मजदुरलाई खान नपुग्ने भएकाले उक्त रकम बढाउनुपर्नेमा जोड दिए । 

नेसपा (नयाँ शक्ति) का सचिव भावना तामाङ, विज्ञ परिषद्का सदस्य अनुपसिंह सुवाल, मजदुर महासङ्घका इन्चार्ज तेजुलाल कर्णलगायतले भौतिक र बौद्धिक दुवै खाले श्रम गर्ने श्रमिकको सम्मान हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : १३ बजे

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

काठमाडौं– काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको शिक्षा विभाग

साताको शेयरबजार : मौद्रिक नीतिको छेकोमा १०८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ – असारको तेस्रो साता अर्थात् असार १५ देखि १९

जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न नेविसङ्घको माग

काठमाडौं– नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट

सीमा क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

धरान– सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण