युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्छ : मुख्यमन्त्री सिंह « Khabarhub

युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्छ : मुख्यमन्त्री सिंह


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुलुकमा उद्योग र पर्यटन क्षेत्रको विकास गरी युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्ने बताएका छन् ।

कोशी प्रदेश सरकारद्वारा आयोजित दुई दिने प्रदेश लगानीको आज विराटनगरको सभागृहमा उद्‌घाटन गर्दै मुख्यमन्त्री सिंहले उद्योग र पर्यटनका क्षेत्रमा लगानी वृद्धि गरेमा मात्र युवा पलायन रोक्न सकिने धारणा राखे । उनले छिमेकी मुलुक भारत र चीनबाट हिन्दु र बौद्धधर्मावलम्बीलाई नेपालमा घुमाउन सके देश आर्थिक रुपमा बलियो हुने बताए। 

सङ्घीय सरकारले आवश्यक नीति बनाइ भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाव दिए । उनले अहिले मुलुकभरि लगानीको वातावरण बनिरहेको र यसबाट राष्ट्रले राम्रो प्रतिफल प्राप्त गर्नसक्ने बताए।  

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय संरचनामा देश गए पनि कतिपय कानुन पुराना भएका कारण  समस्या भइरहेको बताए। उनले सङ्घीय संरचनालाई बलियो बनाउन कानुनी र संरचनामा देखिएको जटिलता फुकाउन आवश्यक रहेको बताए। 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : २५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने