कलिंगा इन्स्टिच्युटमा अध्ययनरत प्रिशा मृत्युबारे निष्पक्ष छानबिन गर्न नेपाली दूतावासको अपिल | Khabarhub Khabarhub

कलिंगा इन्स्टिच्युटमा अध्ययनरत प्रिशा मृत्युबारे निष्पक्ष छानबिन गर्न नेपाली दूतावासको अपिल


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतस्थित नेपाली राजदूतावासले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थीको मृत्युबारे इन्स्टिच्युटका पदाधिकारीलाई बोलाएर घटनाबारे जानकारी लिएको बताएको छ ।

घटनाका सम्बन्धमा राजदूत डा. शंकर शर्माले उडिसाका मुख्य मन्त्री मोहनचरण माझी तथा उक्त प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटना प्रति दुःख व्यक्त गर्दै घटनाको निश्पक्ष छानविन गर्न अनुरोध गरिएको शुक्रबार दूतावासद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भारतस्थित नेपाली राजदूतावासले केआईआईटीमा रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार साथै उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको उल्लेख गरेको छ ।
‘घटनाबारे जानकारी प्राप्त हुनासाथ यस राजदूतावासले उक्त शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, विदेश मन्त्रालयका अधिकृतलगायत अन्य सरोकारवालासँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिई सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्यनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति हुन जोड दिएको थियो ।’ राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
घटना सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयबाट राजदूतावासलाई आवश्यक निर्देशन प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ – ‘राजदूतावासले मृतकका परिवारसँग निरन्तर सम्पर्क गरिरहेको छ ।’

स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया नेपाली विद्यार्थी प्रिशा साह इन्स्टिच्युटको छात्रावासस्थित कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनासम्बन्धी जानकारी दूतावासले बिहीबार प्राप्त गरेको जानकारी गराएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १२ : ३९ बजे

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित