गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गरिने | Khabarhub Khabarhub

गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गरिने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सबै नेपाली नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गर्ने भएको छ ।

आज सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी र सरसफाइ क्षेत्रमा दिगो विकास लक्ष्यहरू हासिल गर्नका लागि लगानी वृद्धि, सेवा दक्षता, प्रभावकारिता र सुशासन कायम गर्ने उल्लेख गरे । 

उनले भने, ‘प्राकृतिक विपद् प्रभावित तथा अधुरा खानेपानी आयोजनाहरूको निर्माण, मर्मत र सञ्चालन गरी पानीको पहुँच पुर्‍याइनेछ, जलाशययुक्त खानेपानी आयोजना र भूमिगत पानी स्रोतको पुनर्भरणलाई प्राथमिकता दिइनेछ ।’ 

सरकारले स्थानीय तह र उपभोक्ताको सह लगानीमा खानेपानी र सरसफाइका आयोजना एकीकृत रूपमा कार्यान्वयन गर्नुका साथै खानेपानी संस्थान लगायत काठमाडौँ उपत्यकामा खानेपानी सेवा सञ्चालन गर्ने निकायहरूको पुनः संरचना गर्ने भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : ५३ बजे

पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा

कास्की– पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र