लिफ्टिङमार्फत ‘एक घर, एक धारा’ | Khabarhub Khabarhub

लिफ्टिङमार्फत ‘एक घर, एक धारा’


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिका– १३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घरघरमा धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् ।

लिफ्टिङमार्फत पानी तानेर गाउँमा ६ हजार र ८ हजार लिटरका दुई वटा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ ।

बागलुङ नगरपालिकाको आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को ११ लाख ७३ हजार ५० र  जनश्रमदान चार लाख दुई हजार ९६० रुपैयाँ गरी कूल २४ लाख ६० हजार ७०० रुपैयाँको लागतमा एक घर एक धार निर्माण भएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताए । गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको उनको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउँछन् ।

काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजनाकी कोषाध्यक्ष मनरूपा देवी रिजालले गाउँमा खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताइन् । करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ । बिहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नुपर्ने समस्या भोगेको भन्दै घरघरमा धारा बनेपछि दैनिकी नै फेरिन थालेको उनले बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : १० बजे

पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प

झापा– ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको

माधव नेपाल भन्छन्- निराशहरूले छाडे पनि हाम्रो पार्टी अघि बढ्दैछ

काठमाडौं- नेकपा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट

सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार

भीमदत्तनग– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि

इन्द्रजात्राको यःसिं लिन वन छिरे मानन्धर समुदायका अगुवा

काठमाडौं– यस वर्षको यँयाः अर्थात् इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्