अबुधाबीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित « Khabarhub

अबुधाबीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली दूतावास अबुधाबीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो ।

सो शिविरमध्ये शुक्रबार युएईमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका थिए ।

नेपाली सेवाग्राहीलाई अहिल्या हस्पिटल अबुधाबीका डा. याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले  नि:शुल्करूपमा आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गरेको थियो ।

स्वास्थ्य परीक्षणसँगै डा. श्रेष्ठले शारीरिक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रियासमेत गर्नुभएको नेपाली दूतावासले जनाएको छ ।

सो कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विविध विषयमा सचेतनामूलक जानकारीसमेत उपलब्ध गराएको थियो । सो  अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमितरूपमा सञ्चालन गरिएको थियो ।

राजदूतावासले सेवा प्रवाहसँगै युएईमा कार्यरत नेपालीलाई शारीरिक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकताअनुसार समयसमयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

राहदानी नवीकरणसम्बन्धी विशेष काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने कार्यमा गैरआवासीय नेपाली सङ्घ, युएइ तथ नेपाली समाज, युएईले स्वयंसेवक उपलब्ध गराइ सहयोग गरेको थियो ।

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ ।

दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : २९ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन