थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु « Khabarhub

थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी थाइल्यान्डमा विद्रोहीबाट प्रभावित एक बन्दुकधारीले एक बालकसहित तीन जनाको हत्या गरेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार लामो विद्रोहबाट प्रभावित थाइल्यान्डको नरथिवाट प्रान्तको टाक बाई जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार राति आक्रमणकारीले गोली चलाउँदा नौ वर्षीया बालिका र एक जना वृद्धासहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

एकजना पीडितको घटनास्थलमै मृत्यु भएको र अन्य दुईको जना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी अधिकारी वाताना थुरारतलेलाई उदृत गर्दै एएफपीले जनाएको छ । उनले आक्रमणकारी विद्रोही समूहसँग सम्बन्धित रहेको आशंका प्रहरीले गरेको वाताउनाले बताए।

थाइल्याण्डको दक्षिणका नाराथिवत, पट्टानी र याला प्रान्तमा धार्मिक पृथकतावादीहरूले सन् २००४ पछि अहिलेसम्म सात हजार भन्दा बढी मानिसको हत्या गरेको जनाएका छन्  ।

सन् २००४ मा, थाई सुरक्षा बलले टाक बाईको प्रहरी चौकी बाहिर प्रदर्शनकारीहरूको भिडमा गोली हान्दा सात जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  २ : २४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना