मुलुकको शासन प्रणाली अत्यन्तै महंगो भयो : एनपी साउद « Khabarhub

मुलुकको शासन प्रणाली अत्यन्तै महंगो भयो : एनपी साउद


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले मुलुकको शासन प्रणाली अत्यन्तै महंगो भएको बताएका छन् । पोखरामा शनिबार कास्की कांग्रेस, क्षेत्र नम्बर–२ को दोस्रो क्षेत्रीय सम्मेलन सम्बोधन गर्दै उनले महंगो शासन प्रणालीलाई जनताले ब्यहोर्न नसक्ने बताए ।  

‘धेरै एक्सिपेन्सिभ भयो राज्य प्रणाली । नेपाली जनताले यति ज्यादा महंगो शासन प्रणाली व्यहोर्न सक्दैनन्,’ पूर्व परराष्ट्रमन्त्री साउदले भने, ‘शासन प्रणालीमा जति साधारण खर्च बढ्छ त्यति विकासका सम्भावनाहरू कम हुन्छन् । किन भने विकास खर्च त्यति घट्छ ।’

उनले संविधान संशोधन गरेर शासन प्रणालीमा हुने खर्च घटाउने विषयतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेता साउदले सरकार सरकार खाली जुहारीमा मात्रै केन्द्रित भएको पनि टिप्पणी गरे । सरकार कहिले शिक्षकलाई, कहिले कर्मचारीलाई जवाफ दिने काममा केन्द्रित भए प्राथमिक दायित्व निर्वाह गर्न नसक्ने उनको भनाइ थियो ।  

‘संविधानमा परिमार्जन गर्नेतिर दुईतिहाइको सरकार जाला भनेर हामीले सोचेका थियौँ । तर, सरकार खाली जुहारीमा मात्रै केन्द्रित भएको देखिन्छ,’ केन्द्रीय सदस्य साउदले भने, ‘काममा जानुपर्ने सरकार, जनतालाई राहत दिनुपर्ने सरकार कहिले शिक्षकलाई, कहिले कर्मचारीलाई जवाफ दिने काममा मात्रै गयो भने आफ्नो प्राथमिक दायित्व निर्वाह गर्न सक्दैन ।’

संसद् भित्र र बाहिर आफूहरू सरकारको बचाउमा लागिरहेको भन्दै उनले वस्तुस्थितिलाई पार्टीभित्र पनि छलफलको विषय वस्तु बनाउनुपर्छ भन्ने मान्यता राखेरमात्रै सरकारका कमीकमजोरी बारे बोल्ने गरेको बताए ।  

‘सरकारलाई संसद्‌भित्र डिफेन्ड गरिराखेका छौँ । बाहिर पनि सरकारलाई डिफेन्ड गरिराखेका छौँ । तर, भएको वस्तुस्थितिलाई पार्टीभित्र पनि छलफलको विषय बनाउनुपर्छ भन्ने आधारमा दुई शब्द मैले यहाँ भनेको हुँ,’ साउदले भने ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना