पाकिस्तानविरुद्ध भारत : सबै आयातमा प्रतिबन्ध गर्ने निर्णय « Khabarhub

पाकिस्तानविरुद्ध भारत : सबै आयातमा प्रतिबन्ध गर्ने निर्णय


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – पहलगाम आक्रमणपछि भारत सरकारले पाकिस्तानविरुद्ध अर्को ठूलो कदम चालेको छ।भारतले पाकिस्तानबाट हुने सबै प्रत्यक्ष र अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार वाणिज्य मन्त्रालयले मे २ मा सूचना जारी गरी यो प्रतिबन्ध सकेसम्म चाँडो कार्यान्वयन गर्न आदेश दिएको छ।

सूचनाअनुसार विदेश व्यापार नीति एफटीपी २०२३ मा एउटा प्रावधान थपिएको छ, जसअन्तर्गत पाकिस्तानबाट आउने सबै प्रकारका आयात रोकिएको छ।

विदेश व्यापार महानिर्देशनालय डीजीएफटी०ले सूचनामा प्रतिबन्धको कारण उल्लेख गरेको छ।उसले भनेको छ, ‘राष्ट्रिय सुरक्षा र सार्वजनिक नीतिहरूलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।’

२२ अप्रिलमा जम्मु कश्मीरको पहलगामस्थित बैसरन उपत्यकामा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानविरुद्ध धेरै ठूला निर्णयहरू गरिरहेको छ।

भारत र पाकिस्तानबीचको सिन्धु जल सन्धि निलम्बन गरिएको छ भने भारतमा बसोबास गर्ने सबै पाकिस्तानीलाई देश छाड्न आदेश दिइएको छ।

साथै सबै पाकिस्तानी एयरलाइन्सका लागि भारतीय हवाई क्षेत्र बन्द गरिएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ११ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म