अस्ट्रेलियामा अल्बानेजको जित एन्टी ट्रम्प फ्याक्टर | Khabarhub Khabarhub

अस्ट्रेलियामा अल्बानेजको जित एन्टी ट्रम्प फ्याक्टर


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया – अस्ट्रेलियामा सम्पन्न निर्वाचनमा एन्थोनी अल्बानेजको जितलाई डोनाल्ड एन्टी ट्रम्पको प्रभाव मानिएको छ। केही दिनअघि क्यानडामा भएको निर्वाचनमा मार्क कार्नीले प्राप्त गरेको जित र अस्ट्रेलियामा एन्थोनी अल्बानेजले पाएको सफलता दुवै ट्रम्प विरोधी भावनाको असर भएको समीक्षकको धारणा छ।

ट्रम्पको नेतृत्वमा अमेरिकाले मित्र देशसँग विगतको भन्दा फरक सम्बन्ध राख्न थालेपछि यसको सामना गर्न वर्तमान नेतृत्वलाई निरन्तरता दिइएको जनाइएको छ। केही दिन अघिसम्म पनि डुटोनले सफलता पाउने अनुमान गरिएको थियो।

निर्वाचनको केही लिन अघिसम्म विपक्षी पिटर डुटोन र उनको विपक्षी लिबरल नेसनल गठबन्धन बलियो मानिएको थियो। धेरैले डुटोनलाई ट्रम्पकै स्वरूपको भन्दै व्याख्या गरेका थिए।

निर्वाचनको अन्तिम समयमा उनले वान नेसन पार्टीको अवधारणा ल्याएका थिए। सोही अवधारणाले उनको नेतृत्वमा गठबन्धनमा रहेका अन्य साना दल आफै पनि शशंकित भए।‘डुटोनले आफूलाई बलियो विकल्पको रूपमा प्रस्तुत गर्नु भन्दा पनि बढी ट्रम्पको आलोचकको रूपमा प्रस्तुत गरे’, पर्थस्थित मुर्डोक विश्व विद्यालयका लेक्चर ज्याकोब ओरामले भने। डुटोन पनि आप्रवासीप्रति कठोर मानिन्छन्।

अल्बानेजको जितप्रति संसारका नेताले प्रतिक्रिया दिइसकेका छन्। बेलायतका प्रधानमन्त्री केइर स्टेइमरले दुई देशको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरे।

यसैगरी, अमेरिकी विदेशमन्त्री मार्क रुबियोले अस्ट्रेलिया र अमेरिकाको सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अल्बानजेलाई बधाई दिँदै विगतदेखि नै अस्ट्रेलिया युक्रेनप्रति सहयोगी भएकाले सोही क्रमले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले दुई देशको सम्बन्ध सुमधुर भएका कारण त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : १८ बजे

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि

काठमाडौं– माध्यमिक विद्यालय तहको कक्षा १२ को यस वर्षको वार्षिक

अमेरिकी सहायता कटौती : तत्काल सकस, दीर्घकाललाई अवसर

सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा

प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको

साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सुझाव

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साना

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य तोलामा ६ सय