हङकङको 'समान अवसर आयोग' मा अरुणा नियुक्त | Khabarhub Khabarhub

हङकङको ‘समान अवसर आयोग’ मा अरुणा नियुक्त


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

हङकङ–  हङकङ सरकारको ‘समान अवसर आयोग (ईओसी)’ को सदस्यको रूपमा पहिलो पटक नेपाली समुदायको तर्फबाट याउची मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङलाई नियुक्त गरेको छ । उनलाई दुई दिन अघि हङकङ सरकारले आयोगको सदस्यको रूपमा नियुक्त गरेको हो । 

सन १९८९ देखि २०२० सम्म  हङकङको क्याथे ड्रागन एयर लाइन्समामा इन्फ्लाइट सर्भिस म्यानेजरको रूपमा ३२ वर्ष काम गरेर अवकाश लिएकी गुरुङको पुर्ख्यौली थलो भने कास्की पोखरा हो । उनी हङकङमै जन्मेकी, हुर्केकी र अध्ययन गरेकीले स्थानीय क्यान्टोनिज चिनिया भाषा र अंग्रेजी भाषामा पोख्त छिन् ।

हङकङको रैथाने समाज र नेपाली समाजबीचको समन्वयकर्ताको भूमिकामा उनी पहिले देखि नै सक्रिय रहँदै आएकी थिइन् । हङकङ नेपाली महासंघको सल्लाहकारको रूपमा रहेकी गुरुङ यसरी समाजन अवसर आयोगको सदस्यको रूपमा नियुक्त हुने पहिलो नेपाली र अल्पसंख्यकका तर्फबाट पहिलो महिला बन्न पुगेकी छन् । 

उनलाई दिएको नियुक्ति पत्रमा प्रमुख कार्यकारी जोन लीले ‘समान अवसर आयोग (ईओसी)’ मा नेपाली समुदायको तर्फबाट पहिलो पटक प्रतिनिधित्व भएको जनाएका छन् । 

उनी यस अघिसम्म हङकङ सरकारको महिला आयोगकी सदस्य रहेकी थिइन् । यसअघि जातीय सद्भाव प्रवर्द्धन समितिको सदस्यको रूपमा सक्रिय भूमिका खेलेकी थिइन् । हङकङका नेपाली र गैर नेपाली समुदायद्वारा स्थापित करिब डेढ दर्जन सामाजिक संस्थामा पनि सक्रिय उनले इथ्निक एचिभमेण्ट अवार्ड र द चिफ एक्जुकेटिभ्स कमेन्डेसन अफ कम्यूनिटि सर्भिस अवार्ड पाइसकेकी छन् । 

ईओसीकी अध्यक्ष लिन्डा लामले नवनियुक्त सदस्यलाई स्वागत गर्दै विविध सामाजिक पृष्ठभूमिबाट आएका सदस्यबाट हङकङको बहुलवादी र समावेशी समाज निर्माणमा मद्दत पुग्ने आशा व्यक्त गर्दै दुई वर्षे कार्यकाल सफलताको कामना गरेका छन् । 

आयोगको सदस्यको  रूपमा हङकङमा बस्ने अल्पसंख्यक समुदायमा पहिलो नेपाली महिला उक्त आयोगको सदस्यमा नियुक्त भएकोमा खुसी बाँड्दै उनले खबरहबसँगको सम्पर्कमा भनिन्, ‘हङकङमा रहेका महिला, बालबालिका, जातीय अल्पसंख्यक, अपाङ्गताको क्षेत्रमा समान अधिकार, समान शिक्षा, समान अवसरको वकालत गर्ने यो आयोगको सदस्यको रूपमा नियुक्त भएकोमा हङकङ सरकारप्रति आभार व्यक्त गर्छु । यो नियुक्तिले मलाई थप जिम्मेवारी दिलाएको छ । मैले आफ्नो योग्यता, क्षमता र बलबुताले भ्याएसम्म आफ्नो योगदान दिने छु ।’

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : ११ बजे

थला पर्‍यो यातायात विभाग : सेवाग्राही जलेको भवन हेर्छन्, निराश भएर फर्किन्छन्

काठमाडौँ– जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बानेश्वरस्थित

‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’

मोरङ‍– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता

स्वास्थ्य मन्त्रालयको सरुवा र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित हुने 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी

जेन-जी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने कांग्रेसको माग   

काठमाडौं– नेपाली कांग्रेसले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि

चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले