हङकङको ‘समान अवसर आयोग’ मा अरुणा नियुक्त « Khabarhub

हङकङको ‘समान अवसर आयोग’ मा अरुणा नियुक्त


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

हङकङ–  हङकङ सरकारको ‘समान अवसर आयोग (ईओसी)’ को सदस्यको रूपमा पहिलो पटक नेपाली समुदायको तर्फबाट याउची मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङलाई नियुक्त गरेको छ । उनलाई दुई दिन अघि हङकङ सरकारले आयोगको सदस्यको रूपमा नियुक्त गरेको हो । 

सन १९८९ देखि २०२० सम्म  हङकङको क्याथे ड्रागन एयर लाइन्समामा इन्फ्लाइट सर्भिस म्यानेजरको रूपमा ३२ वर्ष काम गरेर अवकाश लिएकी गुरुङको पुर्ख्यौली थलो भने कास्की पोखरा हो । उनी हङकङमै जन्मेकी, हुर्केकी र अध्ययन गरेकीले स्थानीय क्यान्टोनिज चिनिया भाषा र अंग्रेजी भाषामा पोख्त छिन् ।

हङकङको रैथाने समाज र नेपाली समाजबीचको समन्वयकर्ताको भूमिकामा उनी पहिले देखि नै सक्रिय रहँदै आएकी थिइन् । हङकङ नेपाली महासंघको सल्लाहकारको रूपमा रहेकी गुरुङ यसरी समाजन अवसर आयोगको सदस्यको रूपमा नियुक्त हुने पहिलो नेपाली र अल्पसंख्यकका तर्फबाट पहिलो महिला बन्न पुगेकी छन् । 

उनलाई दिएको नियुक्ति पत्रमा प्रमुख कार्यकारी जोन लीले ‘समान अवसर आयोग (ईओसी)’ मा नेपाली समुदायको तर्फबाट पहिलो पटक प्रतिनिधित्व भएको जनाएका छन् । 

उनी यस अघिसम्म हङकङ सरकारको महिला आयोगकी सदस्य रहेकी थिइन् । यसअघि जातीय सद्भाव प्रवर्द्धन समितिको सदस्यको रूपमा सक्रिय भूमिका खेलेकी थिइन् । हङकङका नेपाली र गैर नेपाली समुदायद्वारा स्थापित करिब डेढ दर्जन सामाजिक संस्थामा पनि सक्रिय उनले इथ्निक एचिभमेण्ट अवार्ड र द चिफ एक्जुकेटिभ्स कमेन्डेसन अफ कम्यूनिटि सर्भिस अवार्ड पाइसकेकी छन् । 

ईओसीकी अध्यक्ष लिन्डा लामले नवनियुक्त सदस्यलाई स्वागत गर्दै विविध सामाजिक पृष्ठभूमिबाट आएका सदस्यबाट हङकङको बहुलवादी र समावेशी समाज निर्माणमा मद्दत पुग्ने आशा व्यक्त गर्दै दुई वर्षे कार्यकाल सफलताको कामना गरेका छन् । 

आयोगको सदस्यको  रूपमा हङकङमा बस्ने अल्पसंख्यक समुदायमा पहिलो नेपाली महिला उक्त आयोगको सदस्यमा नियुक्त भएकोमा खुसी बाँड्दै उनले खबरहबसँगको सम्पर्कमा भनिन्, ‘हङकङमा रहेका महिला, बालबालिका, जातीय अल्पसंख्यक, अपाङ्गताको क्षेत्रमा समान अधिकार, समान शिक्षा, समान अवसरको वकालत गर्ने यो आयोगको सदस्यको रूपमा नियुक्त भएकोमा हङकङ सरकारप्रति आभार व्यक्त गर्छु । यो नियुक्तिले मलाई थप जिम्मेवारी दिलाएको छ । मैले आफ्नो योग्यता, क्षमता र बलबुताले भ्याएसम्म आफ्नो योगदान दिने छु ।’

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : ११ बजे

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी