'प्रधानमन्त्री र मन्त्रीको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ' | Khabarhub Khabarhub

‘प्रधानमन्त्री र मन्त्रीको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ’


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणका बारेमा अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्ने बताएका छन् ।  

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री र मन्त्रीहरूले विदेश भ्रमण गर्दा उठाएका विषयवस्तुको समितिलाई अनिवार्य जानकारी हुने व्यवस्था गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो भ्रमणका बारेका समितिलाई जानकारी गराउन आवश्यकता बोध गराउनुपर्ने उनले बताए ।

समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफलका क्रममा अध्यक्ष नेपालले सौर्य जहाज दुर्घटनाका विषयमा समितिमा छलफल नभएकाले पीडितहरूसँग छलफल गर्न आग्रह गरे ।
  
त्यस्तै माओवादी सांसद सुदन किराँतीले ठूलो लगानी भएका २२ वटा आन्तरिक विमानस्थलमा उडान नहुँदा विमानस्थल बन्द हुने अवस्थामा पुगेको भन्दै जहाज खरिद भएका लागि भएका प्रयासका बारेमा छलफल गर्नुपर्ने बताए । वायुसेवा निगमको पुन संरचना पनि नहुने र नयाँ विमान पनि खरिद गर्न नसक्दा निगम नै धराशायी हुने अवस्थामा पुगेको उनको भनाइ छ ।  

त्यस्तै अन्य सांसदहरूले नेपालमा अधिकतम रूपमा पर्यटन भित्राउनका लागि सरकारले गरिरहेको पहलका विषयमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ०९ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ