केआईआईटीमा दोहोरिएको घटनाको छानबिन गर्न माग | Khabarhub Khabarhub

केआईआईटीमा दोहोरिएको घटनाको छानबिन गर्न माग


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  

राष्ट्रिय सभाको आइतबारको बैठकमा आकस्मिक र शून्य समयमा सदस्यहरूले उक्त विषयमा धारणा राखेपछि अध्यक्ष दाहालले छात्रा प्रिशा साहको छात्राबासको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अन्त्यतै दुखद पक्ष भएको भन्दै अध्यक्ष दाहालले नेपाल र भारत दुवै देशले कूटनीतिक माध्यममार्फत यस्ता घटना दोहोरिइरहनु पर्ने कारणको गहिराइमा गएर खोजी गर्नुपर्ने जिकिर गरे ।

आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न उनले सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष दाहालले उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे । 

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्यहरूले केआईआईटीमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने धारणा राख्नुभयो । सो कलेजमा पढ्नका चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुने उनीहरुको भनाइ छ । कांग्रेसका सांसद कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने बताए।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ३२ बजे

सर्वाधिक व्यापार गर्ने २५ सूचीमा अटेनन् अनमोलका फिल्म, प्रदीपका दुईवटा परे

काठमाडौं – चलचित्र विकास बोर्डले २५ औं वार्षिक उत्सवमा सबैभन्दा

सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्ममा ‘छक्का पञ्जा’का सबै सिरिज परे

काठमाडौं – चलचित्र विकास बोर्डले अहिलेसम्म २५ औं वार्षिक उत्सवको

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान- जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य गरौँ

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न

पहिलो मौद्रिक नीति ल्याउँदै पौडेल, शेयर लगानीकर्ता सतर्क !

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको बागडोर सम्हालेका डा. विश्वनाथ पौडेल आगामी

कोशी प्रदेशसभामा प्रतिस्थापन विधेयक टेबुल

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न